प्रस्तावित निजगढ विमानस्थल निर्माणका लागि विदेशी लगानी लिँदैनौंः महानिर्देशक अधिकारी

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताए । 

उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानी बिना नेपाल सरकारको नै लगानी र नेपाली प्राविधिहरुबाट नै बनाउने बताए । अधिकारीले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए । 

Advertisement

न्युज एजेन्सी नेपालसँग उनले निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गरे । अधिकारीले विमानस्थल बनाउन ६० प्रतिशत सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको बताए । 

अधिकारीले विमानस्थल बनाउने लागतका हिसावले जङ्गल कटानदेखि अन्य निर्माणको लागि ७ वर्षको समय अविधमा १ खर्ब २० अर्बमा वार्षिक १७ अर्ब रुपियाँ जम्मा गर्दा पुग्ने बताए । उनले वार्षिक १७ अर्बमा १० अर्ब सरकारले र ७ अर्ब प्राधिकरणले लगानी गरेर विदेशी लगानीकर्ता नखोजी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनसक्ने बताए । 

महानिर्देशक अधिकारीले नेपालले विमानस्थल बनाउन सकिँदैन भन्ने सोचलाई परिवर्तन गरेर आत्मविश्वास बढाउनु आवश्यक रहेको बताए । उनले प्रस्तावित विमानस्थल योजना सरकारले आफैँले गर्ने प्रतिवद्धता हुनपर्ने बताए । 

अधिकारीले नेपालमा विकास निर्माणसम्बन्धी ऐनलाई नै संशोधन गर्नुपर्ने बताए उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता भएर खर्बौं रुपियाँ खर्च भएको दाबी गरे । अधिकारीले प्रस्तावित स्थानमा विमानस्थल बनाउन उपयुक्त हो वा होइन भन्ने विषयमा अझै पनि वृहत छलफल गर्नुपर्ने बताए । 

उनले पछिल्लो समय नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढ्दै गएको बताए । अधिकारीले अब एसिया प्यासेफिक क्षेत्रमा नै हवाई यात्रु बढ्दै जाने देखिएको बताए । उनले अन्तर्राष्ट्रिय वा आन्तरिक विमानस्थल क्षणिक समयको लागि नभएर आवश्यकतालाई हेरेर ५० वर्षको योजनामा बनाउनुपर्ने बताए । 

महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनमा आएको भोलिपल्ट नै पूर्णरुपमा सञ्चालनमा आउन नसक्ने बताए । उनले पूर्णरुपमा सञ्चालनमा आउनको लागि समय लाग्ने बताए । अधिकारीले वार्षिक १० लाख हवाई यात्रु थपिँदै गएकाले १० वर्षमा पाँच करोड पुग्ने बताए । 

उनले नेपालका सबै विमानस्थलको क्षमता १ करोड यात्रुको लागि पनि नभएको उल्लेख गरे । अधिकारीले हवाई यात्रु बढ्दै गएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता छैन भन्नु नै निरर्थक भएको बताए । 

Advertisement

Advertisement