तेइस उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही

Advertisement

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८÷०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी नयाँ फर्मलाई अनुमतिपत्र प्रदान, नियमित परीक्षण र नवीकरण, अनुगमनलगायतका क्षेत्रमा काम गर्दै आएको छ । 

कार्यालयले चितवन, मकवानपुर, बारा, पर्सा तथा रौतहट कार्यक्षेत्रमा विशेषगरी गुणस्तर तथा नापतौलसम्बन्धी कार्य गर्दै आएको छ । कार्यालयले विभिन्न  २३ वटा उद्योग तथा व्यावसायिक फर्मविरुद्ध सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरी कारवाही प्रक्रिया बढाएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए ।  

Advertisement

तीमध्ये सबैभन्दा बढी १३ वटा मकवानपुर जिल्लास्थित हेटौँडाका उद्योग तथा व्यावसायिक फर्महरु रहेका छन् । कारवाही प्रक्रियामा बाराको एउटा, पर्साको एउटा, चितवनका चार र रौतहटका चार वटा फर्महरु परेका छन् । 

यसरी अभियोग पत्र दर्ता गरिएका मकवापनपुरको हेटौ‘डास्थित उद्योग तथा व्यावसायिक फर्महरुमा  खजुरिको नेपाल प्रा।लि।, अन्सारी मिट सप, आयुषी नेनरम सप्लायर्स , ॐ नवरत्न ज्वेलर्स,  रफिक  किराना स्टोर्स, लक्की किराना स्टोर, श्याम गजमेर एण्ड सन्स, समृद्ध सप्लायर्स र स्वयं ट्रेडर्स रहेका छन् । 

यसैगरी बाराको नारायणी प्लाष्टिक प्रालि, पर्साको न्यु मनोकामना ज्वेलर्स, चितवनको कामना पोल्ट्री सप्लायर्स, सुविधा पोल्ट्री प्रालि र वेलहोप एग्रो टेक प्रालि रहेका छन् । त्यस्तै रौतहटका मदनी ट्रेर्डस, अनु ज्वेलर्स, जयसवाल  ग्रिल उद्योग र रामेश्वर किराना पसल रहेका छन् । रासस

Advertisement

Advertisement