ज्योति लाईफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित

Advertisement

काठमाडौँ । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय राउण्ड टेबल इन्टरनेशनल २०२२–२३ को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् । 

राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । 

Advertisement

राउण्ड टेबल इन्टरनेशन १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरूको संगठन हो । 


 

Advertisement

Advertisement