मनास्लु हिमपहिरोपछि एक्स्पेडिशन कम्पनीहरुद्धारा बाँकी आरोहण रद्द गर्न सुरु

Advertisement

काठमाडौं । एक्स्पेडिशन कम्पनीहरुले मनास्लु हिमालमा बाँकी रहेको आरोहण रद्द गर्न सुरु गरेका छन् । मनास्लुमा पुनः हिमपहिरो गएर थप एक जनाको मृत्यु भएपछि कम्पनीहरुले आरोहण अभियान स्थगित गर्न थालेका हुन् । 

पछिल्लो पल्ट दोस्रो र तेस्रो क्याम्पमा गएको हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षीया दावा छिरिङ शेर्पाको मृत्यु भएको थियो । आरोहणका लागि बढी जोखिमपूर्ण मानिएको यो हिमालमा पछिल्लो समय जोखिम मोलेर आरोहण गर्ने क्रम बढेको थियो । 

Advertisement

धेरै जसो एक्स्पेडिशन कम्पनीहरुले हिमपहिरोका कारण बाँकी रहेका एक्स्पडिशन कम्पनीहरुले आरोहण रद्द गरेको सेभेन समिट टे«कका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए । उनले भने, ‘अस्ति बिहान पनि मनास्लु बेस क्याम्पमा हिमपहिरो गयो । त्यस्तो ठूलो मानवीय क्षति भएन तर पालहरु भाँचियो । हाम्रै कम्पनीको एक जनाको मृत्यु भयो । यसरी हिमपहिरो जाने क्रम बढे्पछि अलि खतरा देखियो । त्यही भएर सबैले सल्लाह गरेर रद्द गर्ने निर्णयमा पुग्यौं । सेभेन समिट टे«कले बाँकी आरोहण रद्द गरिसकेको छ ।’

पर्यटन विभागको पर्वतारोहण शाखा निर्देशक युवराज खतिवडाले मनास्लु हिमाल आरोहणको लागि मात्र ३८ वटा समूहका ४०४ जनाले आरोहण अनुमति लिएको जानकारी दिए । उनले हिमपहिरोपछि केही एक्स्पेडिशन कम्पनीले बाँकी आरोहण रद्द गर्न सुरु गरेको र केहीले प्याकअप गर्दैछन् भने ।

पायोनियर एडभेन्चर टे«क्स, एट–के एक्सपेडिसन, इलाइट हिमालयन ऐडभन्चर, इमाजिन नेपाल टे«क्स, सेभेन समिट टे«क्स लगायत कम्पनीले आरोहण रद्द गरिसकेका छन् । 

यसअघि गत साता पनि मनास्लुमा हिमपहिरो गएको थियो । त्यस क्रममा दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । मनास्लु हिमपहिरोमा परी चर्चित अमेरिकी स्की खेलाडी हिलारी नेल्सनको मृत्यु भएको थियो । 

Advertisement

Advertisement