चुनावको मुखमा नेपाली राजनीति पातालतिर धसिँदा अति दुःख लाग्योः भट्टराई

Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनाव नजिकिएको बेला नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद् भएको बताएका छन् । 

सत्ता गठवन्धनको एक घटक जनता समाजवादी पार्टी गठवन्धन छोडेर नेकपा एमालेसँग तालमेल गर्ने भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । भट्टराईले घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिक व्यापार भएको बताएका छन् । 

Advertisement

उनले लेखेका छन्, ‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो१ यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !

Advertisement

Advertisement