अमा दब्लम हिमालको आधार शिविर भरीभराउ (फोटोफिचर)

Advertisement

काठमाडौं । अमा दब्लम हिमाल (६,८१४ मिटर)मा आरोहण अनुमति सुरु भएसँगै अहिले उक्त हिमालको आधार शिविरमा आरोहीहरुले भरीभराउ भएको छ । 

उक्त हिमाल आरोहणको लागि सेभेन समिट ट्रेक्सबाट शेर्पा माउन्टेन गाइडले रोप फिक्सिङ गरेका थिए । रोप फिक्सिङ भएसँगै विभिन्न कम्पनीका कतिपय आरोहीहरुले सो हिमालको सफल आरोहण गरिसकेका छन् भने कतिपय आरोहणको तयारीमा छन् । 

Advertisement

अहिले अमा दब्लमको आधार शिविरमा विभिन्न एक्स्पेडिशन कम्पनीहरुले आफ्ना आरोहीहरुको सहजतका लागि बिआईपी टेन्टहरुको पनि व्यवस्था गरेका छन् । अहिलेको शरद ऋतुको लागि मात्रै सो हिमाल आरोहण गर्न ३३६ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । 

विभागले ४१ वटा हिमाल आरोहणका लागि यो सिजनमा ७७ देशका एक हजार २३८ जनाले अहिलेसम्म अनुमति लिएको बताएको छ । अनुमति लिनेमध्ये २८२ जना महिला र ७५६ जना पुरुष छन् । उनीहरुबाट सरकारले आठ करोड ५० लाख ५० हजार ८३१ रुपियाँ रोयल्टी पनि संकलन गरेको छ ।

तस्वीरहरुः (स्रोतः कीर्तिमानी पर्वतारोही लाक्पा देण्डी शेर्पा, एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पा)

 

 

Advertisement

Advertisement