अदालतको अनपेक्षित निर्णय, संदीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Advertisement

काठमाडौं । बलात्कार आरोप लागेका लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

धेरैले उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिने अनुमान गरे पनि थुनामा पठाउने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

Advertisement

लामिछानेले आफू निर्दोष रहेको र फँसाउने उद्देश्यले बलात्कार आरोपमा उजुरी दिने काम भएको बताउँदै आएका थिए । गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीश घिमिरेले यस्तो अनपेक्षित आदेश सुनाएका हुन् ।

संदीपका वकिलहरुले आरोपित किशोरी बालिग रहेको प्रमाण अदालतमा पेश गरेको बताउँदै संदीप रिहा हुने विश्वास व्यक्त गर्दै आएका थिए । सामाजिक सञ्जालमा पनि उनीप्रति सहानुभूति देखिए पनि महिला अधिकारवादीहरुले भने संदीपलाई कडा कारवाही हुनुपर्ने आवाज उठाउँदै आएका थिए । अन्तर्राष्ट्रियस्तरमा चम्किँदै गएका संदीपको नाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत लिने गरेका थिए । 

Advertisement

Advertisement