विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाको आश्चर्यजनक जित

Advertisement

काठमाडौं । कतार विश्वकपअन्तर्गत समूह चरणको आजको खेलमा पटक पटकको विश्वकप विजेता अर्जेन्टिनालाई साउदी अरेबियाले पराजित गरेको छ । 

मंगलबार भएको समूह ‘सी’ को खेलमा साउदी अरेबियाले २–१ को गोलअन्तरले आश्चर्यजनकरुपमा जित हासिल गरेको हो । समूह चरणको पहिलो खेल यसरी अर्जेन्टिना पराजित भएको संभवतः यो पहिलो हो । 

Advertisement

चर्चित फुटबल स्टार लियोनेल मेस्सी सहभागी टिमले नै यसरी साउदी अरेबिया जस्तो कमजोर टिमसँग हार व्यहोर्दा उपाधिको दावेदारलाई ठूलो झड्का लागेको छ । एक गोलले पछि परेको साउदीले बदलामा अर्जेन्टिनामाथि दुई गोल प्रहार गर्दै शानदार जित निकालेको हो । 

यसअघि अर्जेन्टिनासँग चार खेल खेल्दा साउदीले एक खेल पनि जित्न सकेको थिएन । लुसेल आइकोनिक स्टेडियममा लिओनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले पहिले अग्रता लिएको थियो । 

दोस्रो हाफमा साउदी अरेबिया सुरुदेखि नै अर्जेन्टिनामाथि आक्रामक बनेको थियो । साउदीका सालेह अल शेहरीले ४९औं मिनेटमा गोल गर्दै टिमलाई बराबरी गरेका थिए । त्यसपछि थप उत्साहित भएको साउदीले केही समयमै अर्को गोल थपेको थियो । साउदीका लागि अर्को गोल सालेम अल दावसारीले गरेका थिए । 

त्यसपछि अर्जेन्टिनाले बराबरी गर्ने प्रयास गरे पनि सफल  हुन् सकेन् । 

Advertisement

Advertisement