आरोपप्रत्यारोपमा उत्रिँदै आएका ओली र प्रचण्डबीच फोन वार्ता, मिलेर जाने कुराकानी

Advertisement

काठमाडौं । पार्टी फुटेपछि तुच्छ आरोपप्रत्यारोपमा उत्रिँदै आएका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । 

संसदीय चुनावको मतगणना जारी रहेको बेला बिहीबार ओलीले प्रचण्डलाई मिलेर अघि बढ्ने प्रस्ताव गरेका हुन् । टेलिफोन वार्तामा ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ । हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन्’ भन्दै ओलीले मिलेर अघि बढ्ने प्रस्ताव राखेका थिए ।  

Advertisement

प्रतिउत्तरमा प्रचण्डले अरुले टाढा पारेको नभई तपाईंकै विगतको कार्यशैलीले टाढा पारेको टिप्पणी गरेको विभिन्न स्रोतलाई उल्लेख गर्दै समाचारहरु आएका छन् । बसेर कुरा गर्न समस्या नभएको प्रचण्डलाई ओलीलाई जवाफ दिएका थिए । दुवैले एकअर्कालाई चुनाव जितेकोमा बधाई पनि दिएका थिए । 

Advertisement

Advertisement