‘लाइसेन्स पाएका ५ लाख अभिकर्तालाई फेरी के को परीक्षा ? हामी अदालत जान्छौं’, नन्द तिवारी

Advertisement

काठमाडौं । पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले लाइसेन्स लिइसकेका अभिकर्तालाई फेरि परीक्षा लिएर मात्रै लाइसेन्स नवीकरण गर्ने नेपाल बीमा प्राधिकरणको निर्णयप्रति कडा आपत्ति जनाएका छन् । 

अभिकर्ताहरुको परीक्षा लिने प्राधिकरणको निर्णय अव्यवहारिक मात्रै नभएर नाटक मात्रै भएको उनले बताए । अभिकर्ताहरुको परीक्षा लिन कम्पनीलाई अधिकार दिनु भनेको बीमा क्षेत्रमा गलत अभिकर्ता भित्राउन बाटो खुल्ला गर्नु भएको तिवारीको तर्क छ । 

Advertisement

उनले लाइसेन्स लिएर काम गर्दै आएका अभिकर्ताहरुको हकमा फेरि परीक्षा लिने निर्णय गलत भएको दोहोर्याउँदै यो निर्णय पाँच लाख अभिकर्ताहरुको पेशागत अधिकार कुण्ठित पार्ने र उनीहरुको रोजीरोटी धरापमा पर्ने मेलो भएको आरोप लगाए । 

तिवारीले भने, ‘सवारी चालकलाई लाइसेन्स बाँड्ने अनि कतै दुर्घटना भयो भनेर अब सबैले फेरि ट्रायल परीक्षा दिनुपर्छ भनेजस्तो भयो यो । यस्तो उल्टो काम प्राधिकरणले गर्न मिल्दैन् । यो निर्णय प्राधिकरणले पुनर्विचार गर्दैन भने न्यायका लागि अदालत जान्छौं ।’ यस्तो नियम नयाँ अभिकर्ताको हकमा उचित भए पनि काम गर्दै आएका अभिकर्ताको हकमा उचित नभएको उनले बताए । 

प्राधिकरणले जारी गरेको नयाँ निर्देशनअनुसार नयाँ र पूराना सबै अभिकर्ताहरुको परीक्षा दिनुपर्ने, त्यसको लागि हरेक कम्पनीले पदपूर्ति उपसमिति बनाएर प्रश्नपत्र तयार गर्ने, परीक्षा लिने। एकसय पूर्णाङ्कको परीक्षामा कम्तिमा ५० अंक ल्याउने मात्रै पास हुने र सोही नजिताको आधारमा नयाँ लाइसेन्स दिने र पूरानाको नवीकरण हुनेछ । 

‘तालिम कम्पनीले होइन्, प्राधिकरणले दिनुपर्छ’ 
अध्यक्ष तिवारीले प्राधिकरण आफैले तालिम दिए मात्रै गुणस्तरीय अभिकर्ता उत्पादन हुने बताउँदै यो काम कम्पनीलाई सुम्पिने कुरा उचित नभएको बताए । अभिकर्ताको तालिमको स्तर वृद्धि गर्न सके मात्रै प्राधिकरणले जारी गरेको निर्णयलाई त्यतिबेला सम्मान गर्न सकिने उनको भनाई छ । 

बीमा अभिकर्ताहरुले तालिम दिने भनेको झारा टार्ने कुरा मात्रै हो भन्दै तिवारीले भने, ‘तपाईंहरुले अहिले बीमा कम्पनीहरुले कसरी लाइसेन्स बाँडेको छ ? त्यो पनि हेर्न जरुरी छ । घर घरमा बीमा अभिकर्ताहरुको लाइसेन्स सजिलै पुग्छ । प्राधिकरणले त्यसमा कुनै नियमन र व्यवस्थापन गर्दैन् । सोधै लाइसेन्स दिइदिन्छ । पहिला आफू समस्या सिर्जना गर्ने अनि व्यवसायिक हिसावले काम गर्ने अभिकर्ताहरुको घाँटी निमोठ्न खोज्ने कुरा उचित भएन् भन्ने मात्रै हाम्रो कुरा हो ।’  
पहिलेको बीमा ऐनमा पनि बीमा अभिकर्तालाई १९ घण्टा तालिम दिनुपर्ने नियम भए पनि एकरती पालना नभएको उनले सुनाए । तिवारीले अष्ट्रेलिया, अमेरिकामा भएका मान्छेले समेत अभिकर्ताको लाइसेन्स लिएको बताउँदै सुरुको कमिशन खानको लागि मात्रै लाइसेन्स लिने र निष्क्रिय बस्ने प्रवृत्ति बढी रहेको सुनाए । 

उतिर्णाङ्क नआए पूराना अभिकर्ता के गर्ने ? 
तिवारीका अनुसार अहिले १२ कक्षासम्मलाई एलएलसी मान्न थालिएको छ । पहिलेको हिसाबमा हेर्दा एलएलसी र १२ कक्षा फरक हुन्छ । हिजोको १० कक्षालाई अहिले हामीले १२ कक्षा भन्न पनि मिल्दैन । कानुन बनाएर लागू भएको अवस्थामा मात्रै गर्न मिल्छ । 

उनले बाँडिसकेको लाइसेन्स विषयमा प्राधिकरणले बोल्न नमिल्ने तर्क गरे । तिवारी भन्छन्, ‘त्रिभुवन विश्वविद्यालयको लाइसेन्स नै गलत बन्ने देशमा हामी बसेका छौं । यहाँ सबैभन्दा कमजोरी कहाँ भएको छ ? भने बीमा कम्पनीले नै परीक्षा लिने । यो कुुरा व्यवहारिकरुपमा पनि मिल्दैन् । नयाँको हकमा परीक्षा नै लिने हो भने प्राधिकरण आफूले किन गर्न सक्दैन् ?’

Advertisement

Advertisement