सामाजिक सुरक्षा दिवसमा कोषमा आवद्ध लक्ष्मी बैंकसहित उत्कृष्ट १७ रोजगारदाता सम्मानित

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा दिवसको दिन आइतबार आयोजित कार्यक्रममा १७ वटा रोजगारादाता कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषले सम्मान गरेको छ । 

उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा सम्मानित हुनेहरुमा लक्ष्मी बैंक, सिजी फुड्स नेपाल प्रा.लि., बरुण बेभरेज नेपाल प्रा.लि., रिलायन्स स्पिनिङ मिल्स लि., किरण शु म्यानुफ्याक्चरर्स, अरिहन्त मल्टिफाइबर्स लि., ग्रुप फोर सेक्युरिटि सर्भिस नेपाल प्रा.लि., गोर्खा वेलफेयर ट्रष्ट नेपाल, सेभ द चिल्ड्रेन्स, कोटिभिटि नेपाल प्रा.लि., सेडर गेट सर्भिस प्रा.लि., स्प्राउट टेक्नोलोजी सर्भिस प्रा.लि., गरुड सेक्युरिटि प्रा.लि., श्री रघुपति जुट मिल्स लि., इन्फोटेक सर्भिस प्रा.लि., सुविधा सेवा प्रा.लि., एनसेल एजियटा लि. छन् ।  

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उनीहरुलाई प्रसंशापत्र दिएका थिए । 

Advertisement

Advertisement