वाणिज्य बैंकहरुमा चार अर्ब निक्षेप थपिंदा तीन अर्बले बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा गत साता चार अर्ब निक्षेप थपिंदा कर्जा लगानी तीन अर्बले बढेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार मंसिर ९ गतेसम्म निक्षेप बढेर ४५ खर्ब ६२ अर्ब पुगेको छ । मंसिर महिनाको २ गतेसम्म निक्षेप ४५ खर्ब ५८ अर्ब थियो ।  

Advertisement

चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब, भदौ महिनामा ४४ खर्ब ८६ अर्ब, असोज महिनामा ४५ खर्ब ४७ अर्ब र कात्तिक महिनासम्म निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब पुगेको थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

संघका अनुसार मंसिर ९ गतेसम्म कर्जा लगानी बढेर ४२ खर्ब २२ अर्ब पुगेको छ ।  मंसिर २ गतेसम्म कर्जा लगानी ४२ खर्ब १९ अर्ब थियो ।    

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब, भदौ महिनामा ४१ खर्ब ९० अर्ब,  असोज मसान्तसम्म ४२ अर्ब २० अर्ब र कात्तिक महिनामा बढेर ४२ खर्ब २२ अर्ब पुगेको थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.८६ प्रतिशतमा झरेको छ । मंसिर २ गतेसम्म सीडी रेसियो ८६.९१ प्रतिशत थियो । 

Advertisement

Advertisement