सात वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स वितरणको निर्णय

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेको छ । प्राधिकरणले लाइसेन्स दिने निर्णय भएका कम्पनीहरुको नाम पनि सार्वजनिक गरेको छ । 

लघुबीमाको लागि ३१ वटा कम्पनीले प्रस्ताव पेश गरे पनि प्राधिकरणले सात वटालाई मात्रै लाइसेन्स दिएको हो । यीममध्ये तीन वटा कम्पनीलाई जीवन बीमा र चार वटा कम्पनीलाई निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिइएको हो । 

Advertisement

लघुबीमाको लाइसेन्सका लागि जीवन बीमातर्फ गार्डियन माइक्रोलाइफ, क्रेष्ट माइक्रोलाइफ र लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स छनोटमा परेका छन् भने निर्जीवन कम्पनीतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स छनोटमा परेका छन् । 

प्राधिकरणले ठूलो बीमा कम्पनीले ग्रामीण क्षेत्रमा सानो सानो बीमा नगरेको भन्दै लघुबीमाको लाइसेन्सको लागि प्रक्रिया अघि बढाएको थियो । लाइसेन्स पाउने विभिन्न व्यवसायीक समूहको मुख्य लगानी छ । 

Advertisement

Advertisement