पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङमा वायुसेवा निगमपछि बुद्ध एयरको पनि दावी

Advertisement

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवामा नेपाल वायुसेवा निगमपछि निजी क्षेत्रको बुद्ध एयरले पनि दावी गरेको छ । बुद्ध एयरले उक्त सेवा लिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरेको छ । 

यसअघि निगमले प्राधिकरणसँग यस्तो अनुमति माग गरेको थियो । बुद्ध एयरले भने आउँदो जनवरी १ बाट पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह््य उडानको ग्राउण्ड ह्याण्डलिङ सुरु गर्नेगरी आन्तरिक तयारी समेत गरेको छ । 

Advertisement

पोखरा विमानस्थल सञ्चालनको तयारीले पोखरा र यस क्षेत्रमा पर्यटकहरु भित्राउन बाटो खुलेको बताउँदै बुद्ध एयरले यस विमानस्थलको शुरुवातबाटै पाँच वटा विमान रात्री–विसान गरि साताको तीनसय उडान भर्ने कार्यतालिका बनाएको बताएको छ । 

कम्पनीका अनुसार उसले हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछ छ भने अन्तर्राष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान गर्नेछ । 

यसैगरी बुध्द एयरले साताको दुई दिन भारतको नयाँदिल्ली र साताको तीन दिन भारतको देहरादुन उडानका लागि अनुमति दिन सम्बन्धित निकायमा निवेदन पेश गरेको जानकारी दिएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरु कुन गन्तव्य जान सकिन्छ ? भन्ने बारेमा पनि आफ्नो प्राविधिक टिम अध्ययनरत रहेको बुद्ध एयरले बताएको छ । निकट भविष्यमै यस दिशातर्फ आफूहरु अग्रसर हुने उसको भनाई छ । 
 
बुध्द एयरले लामो समयको अनुभव र पर्याप्त जनशक्ति कारण देशैभरि आफ्नो गन्तव्यमा आफैले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको जनाउँदै पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ दावी पेश गरेको हो । 

Advertisement

Advertisement