सातै महादेशका अग्ला हिमाल चढ्ने नायिका पुनको लक्ष्य, अब पाँच वटामा चढ्न बाँकी

Advertisement

काठमाडौं । अभिनेत्री दिया पुनले (५,४१६ मिटर) उचाइमा रहेको थोरङ ला पासको सफल पदयात्रा गरेकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी उनले अन्नपूर्ण सर्किट टे«कमा पर्ने थोरङ ला पास पुगी करिव ३० मिनेट बिताइन् । 

मसिनी एड्भेन्चरका संस्थापक रुकमन लामाले शुक्रबार बिहान १० बजे ३० मिनेटमा पुन थोरङ ला पास पुगेको बताए । उनले भने, ‘अन्नपूर्ण सर्किट टे«क चाहिं लमजुङ, मनाङ, मुस्ताङ हुँर्दै पोखरा निस्कने हो । अन्नपूर्ण सर्किट ट्रक विश्वको १० औं ट्रे«क रुटमा पर्ने भएकोले यो महत्वपूर्ण छ ।’ 

Advertisement

विश्वको सातै महादेशका अग्ला शिखर आरोहण गर्ने लक्ष्य लिएकी ३३ वर्षीया दिया पुनले दुई महादेशका अग्ला हिमाल आरोहण गरिसकेकी छन् । बाँकी पाँच  महादेशका अग्ला हिमाल आरोहण गर्ने क्रममा उनी थोरङ ला पासको पदयात्रा गरेकी हुन् । पुनले सगरमाथा आरोहणअघि तिलिचो लेकको पदयात्रा गरेकी थिइन् । 

यसअघि उनले सन् २०१८ मा अन्र्टाटिकाको आकानकागुवा र सन् २०१९ मा मनास्लु हिमाल आरोहण गरिसकेकी छन् । 

Advertisement

Advertisement