सम्झौता गरेर पदमा बस्न मन लागेन, दबाब आएपछि राजीनामा दिएँः नेपाल पुनर्बीमाका अध्यक्ष

Advertisement

काठमाडौं । बीमाविज्ञ तथा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का अध्यक्ष डा. रवीन्द्र घिमिरेले गलत कुरामा सम्झौता गर्नुभन्दा आफू राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूले अर्थ मन्त्रालयलाई राजीनामापत्र बुझाइसकेको पनि जानकारी दिएका छन् । राजीनामा स्वीकृत हुन बाँकी छ । 

घिमिरेले उच्च तहको दबाबमा आफूलाई अध्यक्षबाट हटाउने खेल सुरु भएको र राजीनामा गर्न दबाब दिने काम भएको बताउँदै नेपाल पुनर्बीमाले कुनै पनि हालतमा भुक्तानी गर्न नमिल्ने कोरोना बीमाको थप रकम जबरजस्ती तिराउन दबाब आएको र आफूले सो कुरा नियम र बीमाको सिद्धान्तविपरित हुने देखेर अस्वीकार गरेसँगै हटाउने खेल रचिएको बताए । 

Advertisement

उनले भने, ‘तपाईंहरुले सुन्नु भएको खबर सत्य हो । जबरजस्ती मेरो राजीनामा मागिएकै हो । म पनि राजीनामा दिने तयारी अवस्थामा पुगेको छु । मलाई नेपाल रिमा काम गर्ने वातावरण प्रतिकूल बन्दै गयो । म एउटा बीमा विज्ञ हो । त्यसैले तपाईंहरु ढुक्क हुनुस् । मैले जनतालाई भलो हुने किसिमले नै निर्णय गरेको छु । तर दबाब खेपेर बस्न मैले चाहिन । गलत कुरामा सम्झौता गर्न म सक्दिन् । जिम्मेवार पदमा बसेर मैले यो देशलाई, एउटा सार्वजनिक संस्थालाई, आम लगानीकर्तालाई बेइमानी गर्न हुँदैन् । उनीहरुले हटाएर हट्नुभन्दा अघि नै राजीनमा गर्नु ठिक लाग्यो । सत्य यही नै हो ।’ 

नेपाल पुनर्बीमामा प्रवेश गर्नुअघि घिमिरेले कर्पोरेट नेपालसँगको कुराकानीमा कोरोना बीमा पोलिसि ल्याउने निर्णय गलत भएकाले यो पोलिसि ल्याउने कार्यमा संलग्न सबैलाई जेल हाल्नुपर्ने प्रतिक्रिया दिएका थिए । सोही विषयले गर्दा उनले आज कम्पनीको सञ्चालक समिति अध्यक्षबाट राजीनामा दिनुपर्ने परिस्थिति सिर्जना भएको छ । 

यस्तो छ घिमिरेको प्रतिक्रियाः 
कोरोना बीमालाई र मलाई जोडेर हेर्दा पनि मेरो गल्ती देखिने ठाउँ कसैले देखेका छैनन् । कानुनी रुपमा नै कोरोना बीमाको पैसा नेपाल पुनर्बीमाले दिन मिल्दैन । बीामको सिद्धान्तअनुसार पनि मिल्दैन् । विश्वको कुनै पनि ठाउँको पुनर्बीमा कम्पनीले आफूले गर्दैनगरेको पुनर्बीको दायित्व बोकेको इतिहास छैन् । यहाँ पनि कोरोना बीमाको जिम्मा नेपाल रिले लिने सहमति भएको होइन् । 

मैले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आयो । त्यसपछि मैले यही (राजीनामा) मार्ग रोजेको हुँ । मूल्यांकन एक दिन इतिहासले गर्नेछ भन्नेमा म विश्वस्त छु । मैले जनतालाई भलो हुने किसिमले नै निर्णय गरेको छु । तर दबाब खेपेर बस्न मैले चाहिन । गलत कुरामा सम्झौता गर्न म सक्दिन् । जिम्मेवार पदमा बसेर मैले यो देशलाई, एउटा सार्वजनिक संस्थालाई, आम लगानीकर्तालाई बेइमानी गर्न हुँदैन् । उनीहरुले हटाएर हट्नुभन्दा अघि नै राजीनमा गर्नु ठिक लाग्यो । सत्य यही नै हो । जनताको लगानी भएको संस्था धरासायी बनाउने पक्षमा म कदापी सहमत हुन सक्दिन । यो सबै नेपालीहरुको संस्था हो । यहाँ त कुनै एउटा व्यक्तिको खल्तीको संस्था चाएको जस्तो सोच्दा रहेछन् ।
 

Advertisement

Advertisement