झिनो अंकले बढ्यो शेयर बजार, ९५ करोड ७० लाखमा समेटियो कारोबार

Advertisement

काठमाडौं । मंगलबार शेयर बजारमा झिनो सुधार देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.९९ अंकले बढेको हो । ०.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९५३.३५ अंकमा उक्लिएको छ । 

Advertisement

आज २३४ कम्पनीका २५ लाख ८९ हजार ९ सय ९७ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजार २ सय २५.९६ रुपियाँ बराबरको कारोबार भएको हो । 

नेप्सेका अनुसार आज धौगागिरि लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ६.१० प्रतिशतले नाफा कमाएका छन् भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लगानीकर्ताले सबैभन्दा बढी ४.६० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन डिस्टिलरीकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ७२ लाख ७५ हजार ३ सय ८२.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार ३२.४३ अंकले बढ्दा २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२.१४ रुपियाँ र हिजो सोमबार १५.६१ अंकले बजार घट्दा १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३.६६ रुपियाँ बराबरको कारोबार भएको थियो ।   

Advertisement

Advertisement