बैंकिङ क्षेत्रमा मौद्रिक नीति समीक्षाको असर- ‘नाफा १५ प्रतिशत घट्न सक्छ’: गोल्याण

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्याणले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् ।  

नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताए । उनले मौद्रिक नीतिको समिक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे । 

Advertisement

उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए । उनु अध्यक्ष गोल्याणले राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको बताए । उनले मौद्रिक नीतिको समीक्षाबाट बैंकहरुको अभिभावक राष्ट्र बैंक भएपनि बैंकहरुलाई सौतेनी व्यवहार जस्तो गरेको आरोप लगाए । 

अध्यक्ष गोल्यानले बैंकको निक्षेपको ब्याजदर घट्नुको भने विकल्प नभएको बताए । उनले छिमेकी देश भारतमा निक्षेपको ब्याजदर ६ प्रतिशत रहेको तर नेपालमा भने १२ प्रतिशत ब्याजदर हुनु उचित नभएको बताए । उनले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पुर्याउँदासमेत निक्षेप बढ्न नसकेको बताए । उनले पुससम्ममा ३ प्रतिशतसम्म ब्याजदर कम हुनुपर्ने बताए । 

गोल्यानले बैंकिङ प्रणालीमा चरम तरलता अभाव रहेको बताए । उनले बैंकहरुको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको बताए । पुस महिनामा बैंकको पैसा रिफाइनान्समार्फत ७० अर्ब रुपियाँ बाहिर जान्छ त्यसपछि अझ बढी तरलताको समस्या बढ्ने देखिएको बताए । उनले निजी क्षेत्रले बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर गाली गरेर मात्रै समस्याको समाधान नहुने बताए । ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र निजी क्षेत्र मिल्न आवश्यक रहेको बताए । 

अध्यक्ष गोल्याणले मौद्रिक नीतिको समिक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेकाले बैंकहरु धरासायी हुने बताए । उनले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न माग गरे । उनले सबै क्षेत्र बच्नसक्ने गरी मौद्रिक नीतिको समिक्षा हुनुपर्नेमा त्यस्तो नभएको बताए । गोल्याणले बैंकहरुले जोखिम मूल्याङ्कन गरेर लगानी लगाउने भएकाले स्पेडदर घट्दैमा कसैलाई राहत नहुने बताए ।

स्पेडदर ०.४ प्रतिशत कम भएको फाइदा ठूला व्यवसायीहरुले मात्रै लिनसक्ने बताए । राष्ट्र बैंक र निजी क्षेत्रले दुई चारवटा बैंकले खराब काम गर्यो भन्दैमा सबैलाई एकै ठाउँमा राखेर बैंकिङ क्षेत्रलाई नै चोर भन्न नमिल्ने बताए । बैंक तथा वित्तिय संस्थाहरु भनेको देशको आर्थिक मेरुदण्ड भएको भन्दै बैंकहरु धरासाही हुँदा सबै क्षेत्र धरासायी हुने बताए । गोल्याणले आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु रहेको बताए । 

अध्यक्ष गोल्याणले राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा नीति गलत नभएको बताए । उनले फाइनान्ससियल अनुशासनमा हुनेहरु व्यवसायीहरुलाई चालु पुँजी कर्जा नीतिले केही समस्या नपार्ने बताए । उनले बैंकहरु अनुसाशित नहुँदा राष्ट्र बैंकले चालु पुँजी कर्जा नीति ल्याएको बताए । गोल्याणले एउटा उद्योगबाट १ अर्बको कारोबार हुनेमा २ अर्बको कर्जा लिएर पैसा अन्य शेयर मार्केट, नयाँ कम्पनी स्थापना,जग्गा खरिदमा लगानी गर्नेहरु चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग गरिरहेको बताए । उनले तरलता अभाव नहुँदा बैंकहरुले आँखा चिम्लेर कर्जा दिएकाले अब यसलाई सुधार नगरे बैंकहरु डुब्नसक्ने बताए । 

अध्यक्ष गोल्यानले तरलता बढी भएको बेलामा बैंकहरुले जथाभावी कर्जा दिँदा समस्या भएको बताए । उनले चालुपुँजी कर्जा नीति गलत नभए पनि केही  व्यवस्थाहरुमा परिवर्तन गर्न आवश्यक रहेको बताए । गोल्याणले चालु पुँजी कर्जा नीतिको विषयमा बैंक तथा व्यवसायीहरुलाई स्पष्ट रुपमा बुझाउन सक्नुपर्ने बताए । 

Advertisement

Advertisement