राजेश हमालले युएईमा इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान प्रवर्धन गर्ने

Advertisement

काठमाडौं । नेपाली सिने जगतका महानायक राजेश हमाल युएईस्थित अन्तराष्ट्रिय मनी ट्रान्सफर कम्पनी– लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा पुगेका छन् । 

हमालले दुबई स्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत लुलु एक्सचेन्जका नेपाली कर्मचारीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् ।

Advertisement

हमाल युएई पुगेर विशेषत इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान प्रवर्धन गर्ने छन् ।  विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे सचेतना फैलाउने छन् ।

हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन्  । 

Advertisement