मूल्य बृद्धि अझै बढ्ने संकेत गर्दै राष्ट्र बैंकले सार्वजनिक गर्यो सर्वेक्षण प्रतिवेदन

Advertisement

काठमाडौं । नेपाल राष्ट्रले आगामी दिनमा मूल्य बृद्धि अझै बढ्न सक्ने संकेत गरेको छ । राष्ट्र बैंकले आज मुद्रास्फीति अपेक्षा सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा मूल्य बृद्धि अझै बढ्ने संकेत गरेको हो । 

राष्ट्र बैंकले आव २०७९/८० को प्रथम त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको हो । 

Advertisement

गत असोज २३ गतेदेखि २९ गतेसम्म ५७ शहरका ६० बजार क्षेत्रका २०४० व्यक्तिहरुको प्रतिक्रियामा आधारित प्रतिवेदन सार्वजनिक गरेको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पनि अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेको उक्त प्रतिवेदनमा उल्लेख छ । 

 मुद्रास्फीति अपेक्षा सर्वेक्षणको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् 


 

Advertisement

Advertisement