राष्ट्र बैंकको नयाँ निर्देशन- ‘शंकाष्पद ग्राहकको खाता नखोल्नू/ खोलेको भए व्यवसायिक सम्बन्ध अन्त्य गर्नू’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान सम्बन्धी प्रावधान पालना हुन नसक्नेहरुको खाता नखोल्न र खोलेको भए व्यवसायिक सम्बन्ध अन्त्य गर्न निर्देशन दिएको छ । 

राष्ट्र बैंकले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरीको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दैै उक्त नयाँ निर्देशन जारी गरेको हो । 

Advertisement

एकीकृत निर्देशनमा राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का÷फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिको आधारको रुपमा लिनु पर्ने बुँदा थप गरेको छ । 

कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागी त्यस्तो ग्राहकको पहिचान प्रक्रिया अगाडि बढाउँदा शंका गरेको विषय ग्राहकले आभाष हुने देखिएमा संस्थाले ग्राहक पहिचान प्रक्रिया अगाडि नबढाई शंकास्पद कारोबार÷गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाई पेश गर्नु पर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशनमा उल्लेख छ ।

 

Advertisement

Advertisement