मतगणना भइरहेका अन्तिम तीन क्षेत्रमा गठवन्धनका उम्मेदवारहरु अगाडी, कस्को कति मत ?
File Photo

Advertisement

काठमाडौं । मतगणना भइरहेका अन्तिम तीन निर्वाचन क्षेत्रमा सत्तारुढ गठवन्धन पक्षधर उम्मेदवारहरुले अग्रता लिएका छन् । यी तीन वटै क्षेत्रमा धाँधली भएका कारण पुनः मतदान र मतगणना ढिलो भएको हो । 

स्याङजा– २ मा गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर छन् । उनलाई नेकपा एमालेकी उम्‍मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् ।

Advertisement

गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छिन् ।

त्यस्तै, बाजुरामा गठवन्धनबाट उम्मेदवार रहेका कांग्रेसका बद्री पाण्डेले अग्रता कायम रहेका छन् । पाण्डे १२ हजार ७०५ मत ल्याउँदा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ५९ मत पाएका छन् ।

दोलखामा गठवन्धनबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम गर्दै सात हजार ९९५ मत पाएका छन् । उनको प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले सात हजार २९५ मत पाएका छन् ।

Advertisement

Advertisement