गठवन्धनका उम्मेदवारलाई पछि पार्दै दोलखामा एमालेका उम्मेदवारको अग्रता कायम

Advertisement

काठमाडौं । दोलखामा जारी मतगणनामा सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । 

पछिल्लो मतपरिणामअनुसार कार्की भन्दा शिवाकोटी एक हजार चार सयभन्दा बढी मत अन्तरले पछि परेका छन् । यसअघि कार्कीले अग्रता लिँदै आएका थिए । शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७१५ मत पाएका छन् । 

Advertisement

मंसिर ४ गतेको निर्वाचनमा दोलखामा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले मंसिर १५ गते पुनः निर्वाचन गराएको थियो । सो क्षेत्रमा माओवादी र कांग्रेस मिलेर बुथ कब्जा गरेको एमालेको आरोप छ । 

Advertisement

Advertisement