यसकारण अझै बढ्छ सिमेन्ट, तयारी कपडा र भटमासको तेलको उत्पादन: राष्ट्र बैंक

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षमा सिमेन्ट, तयारी कपडा र भटमासको तेलको उत्पादन अझै बढ्ने देखिएको छ । 

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयद्वारा आज प्रकाशित प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार उत्पादन बढ्ने देखिएको हो । 

Advertisement

उक्त प्रतिवेदन अनुसार कोरोना महामारीको अवधिमा तयारी कपडाको उत्पादन अधिक भएकाले मौज्दातको रुपमा रहेको तयारी कपडा गत आज २०७८/७९ मा सकिएकाले चालु आवमा तयारी कपडाको उत्पादन बढ्ने उल्लेख छ । 

त्यसैगरी प्रदेश नम्बर १ मा रहेका सिमेन्ट उद्योगहरुले क्षमता उपयोगमा बृद्धि गरेको तथा क्षमता बिस्तार गर्ने योजना बनाएकाले चालु आर्थिक वर्गामा सिमेन्टको उत्पादन बृद्धिदर अझ बढ्ने सक्ने पनि प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी भारतमा भटमासको तेलको माग उच्च रहेको तथा बनस्पति घिउ उत्पादन गर्ने उद्योगहरुले पनि आफ्नो उत्पादन सम्बन्धी क्रियाकलापलाई भटमासको तेल उत्पादनतर्फ केन्द्रित गरेका कारण चालु आवमा भटमासको तेल उत्पादन अझ बढ्ने प्रतिवेदनमा उल्लेख छ ।  

 

प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश नं.– १) वार्षिक प्रतिवेदनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्

Advertisement

Advertisement