दीपक मनाङ्गेलाई माधव नेपालले पार्टी प्रवेश गराए, ‘मेरो विचारसँग मेल खाने पार्टी रोजेको हुँ’

Advertisement

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गुण्डागर्दी पृष्टभूमिका उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट हालै स्वतन्त्ररुपमा विजयी भएका हुन् । 

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् । 

Advertisement

उनी भन्छन्, ‘यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।’

एकीकृत समाजवादीमा प्रवेशसँगै गण्डकीमा अब मनाङे सो पार्टीका एक्ला सांसद बनेका छन् । यसबाट उनको मन्त्री पद पनि सुनिश्चित भएको छ । 

Advertisement

Advertisement