अष्ट्रेलियामा अध्ययन गर्न चाहनेहरुको लागि सुनौलो अवसर

Advertisement

काठमाडौं । विदेशमा अध्ययनका लागि अग्रणी परामर्शदाता ब्राण्ड एईसीसी नेपालले भोलि बुधबारदेखि तीन दिन (डिसेम्बर ७, ८ र ९ तारिख) तीन प्रमुख शहरहरू काठमाडौं, चितवन र पोखरामा ‘निशुल्क  इन–हाउस अस्ट्रेलिया एडमिसन असेस्मेन्ट डे’ कार्यक्रम आयोजना गर्ने भएको छ । 

बिहान ११ः३० देखि दिउसो ३ः३० सम्म आयोजना हुने यस कार्यक्रममा अष्ट्रेलियाका १७ उत्कृष्ट विश्वविद्यालय र पाठ्यक्रम प्रदायकहरुका साथै क वर्गका नेपाली बैंकहरु सहभागी हुँदैछन् । 

Advertisement

कार्यक्रममा सहभागी हुने सबै बिधार्थीहरुलाई निःशुल्क परामर्श, छात्रवृत्ति मूल्याङ्कन, अस्ट्रेलिया भिसाका लागि हालसालै घोषणा भएका वित्तीय कागजात के के आवश्यक पर्छ ? भन्नेबारे जानकारी दिइने छ । 

साथै, कार्यक्रममा भाग लिने सबै विधार्थीहरुलाई तयारी कक्षामा तीन हजार पाँच सय रुपियाँ छुटको व्यवस्था पनि गरिएको छ । अष्ट्रेलियामा विद्यार्थी भिसाका लागि वर्षेनी ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले आवेदन दिने गरेका छन् । 

तर अष्ट्रेलियाको गृह विभागले कर चुक्ताको कागजात र थप जानकारीको पारदर्शिताबारे नयाँ नीति सार्वजनिक गरेपछि पछिल्ला दिनहरूमा अष्ट्रेलियाको अध्ययन अनुमतिपत्रबारे धेरै भ्रम पैदा भएका छन् ।

यही भ्रमबारे स्पष्ट पार्न यो कार्यक्रम आयोजना गर्न लागिएको एईसीसी नेपालको भनाई छ । यो एईसीसी ग्लोबलको नेपाल शाखा हो जुन विश्वका थुप्रै मुलुकमा विस्तारित छ । 

कार्यक्रम:

डिसेम्बर ७, बिहान ११ :३०  देखि ०३ :३०  बजे सम्म: aecc काठमाडौं, Lvl - 9 (डिल्लीबजार), ०१५९०३४०४ - bit.ly/aeccktm

डिसेम्बर ८ , बिहान 11:३०  देखि 03:30 बजे: aecc चितवन, Lvl - 0 (लायन्स चोक), ०५६५९००१९  - bit.ly/aeccChitwan

डिसेम्बर 9, बिहान 11:30 देखि 03:30 बजे: aecc पोखरा, Lvl - 3 (पोखरा ट्रेड मल), ०६१५३७४२८- bit.ly/aeccPokhara

थप जानकारीका लागि : bit.ly/FreeInHouseAustraliaEvent

Advertisement

Advertisement