सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज मङ्सिर २० गतेदेखि २५ गतेसम्म आयोजना प्रभावित र विदेशमा कार्यरत नेपाली श्रमिकहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । 

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्र मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीयलाई ३ लाख १५ हजार कित्ता र मादी गाउँपालिकाको अन्य वडा (वडा नम्बर ३ देखि १२) का स्थानीय र पोखरा महानगरपालिकाका वडा नम्बर २६, २७ र २८ का स्थानीयलाई ७ लाख ३५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।  

Advertisement

त्यसैगरी विदेशमा कार्यरत श्रमिकहरुलाई २ लाख १० हजार कित्ता आईपीओ निष्काशन गरिएको हो ।   

ढिलोमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ भने नेपाली श्रमिकहरुले पुस ५ गतेसम्म मात्र आवेदन दिन सक्ने छन् । 

कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement