शिखर पावरले नौ लाख ९२ हजार कित्ता आईपीओ निष्काशन गर्ने, ग्लोबल आइएमई बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ९ लाख ९२ हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

उक्त आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

Advertisement

सम्झौतामा शिखर पावरका प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीको अधिकृत पुँजी ५० करोड रुपियाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपियाँ रहेको छ । कम्पनीले बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिकास्थित ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजना आयोजना निर्माण गरिरहेको छ । 

Advertisement

Advertisement