कात्तिकमा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन रु. ३६ करोडले गिरावट

Advertisement

काठमाडौं । गएको कात्तिक महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन गिरावट आएको छ । गत बर्षको सोही अवधिको तुलनामा यस बर्ष कात्तिकमा ३६ करोड रुपियाँले कम बीमाशुल्क संकलन भएको हो । 

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरुले दुई अर्ब ५१ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । गत वर्ष सोही अवधिमा उनीहरुले दुई अर्ब ८७ रुपियाँ बीमाशुल्क आर्जन गरेका थिए । 

Advertisement

समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन शिखर इन्स्योरेन्सले गरेको छ । उक्त कम्पनीले २५ करोड तीन लाख रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । बीमाशुल्क संकलनमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेको इन्स्योरेन्स छ  ।  

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज हुनुअघि कात्तिक ६ गतेसम्मको विवरण पनि छुट्टाछुट्टै समावेश गरिएको प्राधिकरण जनाएको छ । 

कात्तिकमा कुन कम्पनीको कति बीमाशुल्क ? 

Advertisement

Advertisement