दुई जना आर्थिक पत्रकारलाई ५० हजार राशीको पुरस्कार प्रदान गरिने

Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । 

नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी- नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी- नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।

Advertisement

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरकर्ता अधिकारी पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन् । 

आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी -नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०-५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ ।

Advertisement

Advertisement