सिमकोटका लागि उडेको तारा एयरको जहाजमा चरा ठोक्कियो

Advertisement

काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्दिा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ ।

नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको र जहाजको अगाडिपट्टिको भागमा क्षति भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार दिउँसो १२ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको र जहाजमा सवार पाइलट, को–पाइलट सुरक्षितका साथ सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट र को–पाइलट थिए ।

Advertisement


 

Advertisement

Advertisement