नेपाल रेमिटको सीईओमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने प्रतिबद्धता

Advertisement

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । 

बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो । खनाललाई एक समारोहका बीच नेपाल रेमिटका अध्यक्ष रितश मित्तलले स्वागत गरेका हुन् । खनालले आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् । 

Advertisement

विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिटले डिजिटल रेमिट्यान्स्मा अभैm जोड दिंदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्राउँदै आएको छ । 

आफ्नो पदभार ग्रहण गर्दै खनालले भने, ‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ । रेमिट्यान्स् समेत डिजिटल रुपमा भित्राइ मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो ।’  
 

Advertisement

Advertisement