एसआईईसीले दुई हप्तासम्म ‘एडमिशन डे’ मनाउने, निःशुल्क परामर्श लिन सकिन्छः केसी

Advertisement

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्ड एसआईईसीको नेपालस्थित कार्यालयले दुई साता लामो ‘एडमिशन डे’ (भर्ना दिवस) मनाउने भएको छ । कम्पनीले भोलि शनिवारदेखि पुस ७ गतेसम्म १३ दिन लामो ‘एडमिशन डे’ मनाउन लागेको हो । 

उक्त दिनहरुमा न्यूजिल्याण्ड र यूके (बेलायत)ले पनि ‘एडमिशन डे’ मनाउने भएकाले पुतलीसडकस्थित एसआईईसी नेपालले सोही दिवसको रुपमा मनाउने निर्णय गरेको कम्पनीका कन्ट्री डाइरेक्टर नवराज केसीले बताए । उच्च शिक्षाका लागि बाहिर जान चाहने विद्यार्थीहरुले एसआईईसीको कार्यालयमा आएर भर्नालगायतका विषयमा जानकारी लिनसक्ने उनको भनाई छ । 

Advertisement

उक्त दिनहरुमा बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म परामर्श सेवा प्रदान गरिने छ । विभिन्न प्रतिष्ठित विदेशी विश्वविद्यालयका प्रतिनिधि तथा विशेषज्ञहरुले परामर्श दिने ‘एडमिशन डे’मा विद्यार्थीहरुले विदेश अध्ययनका लागि कलेज छनोट, विषय छनोट, भिसा प्रक्रिया, अध्यागमन नीतिलगायतका बारेमा जानकारी लिन सक्नेछन् । 

निःशुल्करुपमा सहभागी हुन सकिने यस कार्यक्रममा न्यूजिल्याण्ड अध्ययनका लागि हस्पिटालिटी, होटल व्यवस्थापन, एनिमेसन, सूचना प्रविधि, स्वास्थ्य क्षेत्रमा बुझ्न सकिने बताउँदै केसीले विद्यार्थीहरुले सित्तैमा विदेश जाने प्रक्रियाबारे धेरै जानकारी लिन सक्ने बताए ।  

करिब तीन सय विद्यार्थी सहभागी हुने अनुमान गरिएको करिव दुई साता लामो यस मौका सहभागी भई लाभ लिन पनि उनले आग्रह गरे । एसआईईसीले विगत लामो समयदेखि नेपालबाट उच्च शिक्षाका लागि ३५ वटा विदेशी विश्वविद्यालयहरुमा विद्यार्थी पठाउने गरेको छ । 

Advertisement

Advertisement