शिवम् सिमेन्ट लिमिटेड ‘वेष्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’बाट सम्मानित

Advertisement

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड ‘वेष्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’बाट सम्मानित भएको छ । सातौं न्यू बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत सोमबार आयोजित कार्यक्रममा शिवमलाई यो अवार्ड प्रदान गरिएको हो । 

सात फरक संस्थागत विधामा अवार्ड प्रदान गर्दा आफूहरुले ‘वेष्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ प्राप्त गरेको शिवमको विज्ञप्तिमा उल्लेख छ । यसअघि कम्पनीले सिमेन्ट क्षेत्रमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ बाट पहिलो पटक सम्मानित भएको थियो । 

Advertisement

शिवमले ५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । ओपीसी सिमेन्ट भौतिक पूर्वाधारका थुप्रै ठूला आयोजनाहरु समेत प्रयोग  भइरहेको बताउँदै कम्पनीले आफ्नो सवल पक्ष जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजारभन्दा बढी शेयरहोल्डर, कुशल व्यवस्थापक तथा व्यवस्थापन रहेको र सोही कारण पटक पटक सम्मानित भएको बताएको छ । 

हेटौंडामा कारखाना रहेको यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी गुणस्तरीय क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले शिवम् सिमेन्टलाई ग्राहकहरुले अत्याधिक रुचाइएको कम्पनीको दावी छ ।
 

Advertisement

Advertisement