कृषि विकास बैंकको अध्यक्षमा दुवाडी नियूक्त, गभर्नर अधिकारीबाट लिए सपथ

Advertisement

काठमाडौं । कृषि बिकास बैंक संचालक समितिबाट अध्यक्ष पदमा रमेश दुवाडी नियूक्ति भएका छन् । नवनियूक्त अध्यक्ष विभिन्न संघ÷संस्थाको संचालक समितिमा सदस्य रही कार्य गरेको अनुभव समेत रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष दुवाडीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् । 

Advertisement

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तीप्रसाद सापकोटा, कृषि विकास बैंकसंचालक समिति सदस्य डा. इन्दिरा मास्के श्रेष्ठ, विनोदकुमार गुरांगाई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, कम्पनी  सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित थियो । 
 

Advertisement

Advertisement