जवानीमा काम गर्नुस्, बुढेसकालका लागि सामाजिक सुरक्षा कोष छः मन्त्री कुँवर

काठमाडौं । श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले रोजगारदाताको भविष्यमा हुनसक्ने भवितव्यलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा योजना ल्याएको र यसको महत्व बढ्दै गएको बताएका छन् । 

मंगलबार अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारीमा गएका श्रमिकहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ गर्ने क्रममा उनले नीति नियमहरु बनाएर दराजमा थन्क्याउनका लागि नभई त्यसको कार्यान्वयन गर्न केन्द्रित हुनुपर्ने बताए । 

Advertisement

कुँवरले भने, ‘मान्छे जन्मेपछि मर्नैपर्छ । यसको कुनै विकल्प छैन् । तर त्यही मर्नुभन्दा अगाडी मानिसका लागि धेरै व्यवस्थाहरु आवश्यक हुन्छ । त्यस्तो व्यवस्थामा संविधान, संस्कार, संस्कृति आदि पर्छन् । त्यही मानिस जन्मदा र मर्दाको बीचमा सहज होस भनेर नै सामाजिक सुरक्षा कोषको योजना ल्याइएको हो ।’

उनले संविधानले साजिक सूरक्षाको अपरिहार्यतालाई औंल्याएको उदाहरण दिँदै जीवनको उत्तरार्ध सहज बनाउन सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने बताए । जवानी बुढेसकालमा परिवर्तन हुने भएकाले कोष चाहिने कुँवरको तर्क छ । उनले भने, ‘जवानी एकदिन पक्कै सकिन्छ । आज जवान भएका हामी सबै पक्कै बुढा हुन्छौं । त्यसैले सामाजिक सुरक्षा कोष चाहिएको हो । जवानीमा हामीले ईंटा कुटे वा बालुवा बोकेर खान सक्छौं । तर बुढेसकालमा आफ्नो सन्तानको भर पर्नुपर्छ । अब तपाईं बुढो हुनुभयो भने सरकारले हेर्छ । सामाजिक सुरक्षा कोषले हेर्छ ।’

Advertisement

आफूले यो योजना लागू गर्न लामो प्रयास गरेको सुनाउँदै मन्त्री कुँवरले कोषमा आवद्ध भएर लाभ लिन आग्रह गरे । 

Advertisement