कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल

Advertisement

काठमाण्डौ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) मर्ज भई आजदेखि एकीकृत कारोबार शुरु भएको छ । यी दुई बैंक १ः१ शेयर स्वाप रेसियोमा मर्ज भएका हुन् ।  

दुई बैंक एक भई कुमारी बैंक लिमिटेडको नामबाट कारोबार शुरु भएको हो । कुमारी बैंकका अध्यक्ष अमिरप्रताप राणा र एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । 

Advertisement

दुबै बैंकको मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको थियो । कुमारीको विशेष साधारण सभा सञ्चालक समितिका अध्यक्ष अमिरप्रताव राणा र एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

यी दुई बैंकबीच गत असोज १० गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारीका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

नेपाल राष्ट्र बैंकबाट पुस ६ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएको र पुस ८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त भएपछि एकीकृत कारोबारका लागि बाटो खुलेको थियो । 

मर्जरपछि बैंकको चुक्तापुँजी २६ अर्ब २३ करोड रुपियाँ पुगेको छ । त्यस्तै अब बैंकको शाखा सञ्जाल ३०६, एक्सटेन्सन काउन्टर ४७, शाखारहित बैंकिङ ६८ र एटीएम ३४५ वटा हुनेछ । 

बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसीका रमेशराज अर्याल र डेपुटी सीईओमा कुमारीका सीईओ रामचन्द्र खनाल नियुक्त भएका छन् । कुमारीका अध्यक्ष राणा नै अध्यक्ष हुने यसअघिनै सहमति भइसकेको छ ।

कुमारी बैंकको टंगाल स्थित कर्पोरेट अफिसको ठाउँमा एकीकृत बैंकको कार्यालय र बागबजार स्थित एनसीसी बैंकको कर्पोरेट अफिस रहेको स्थानमा मुख्य शाखा रहने छ । 

Advertisement

Advertisement