‘मर्जर यस्तो प्रक्रिया हो, वैवाहिक जीवनमा फाटो आउनसक्छ, तर मर्जरमा छुट्टिने छुट हुँदैन’

Advertisement

काठमाडौं । प्रभु बैक र सेन्चुरी कमर्सियल बैंक आज मंगलबारबाट एक भएका छन् । दुवै बैंकले आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । एकीकृत कारोबार गर्ने समारोहमा दुवै बैंकका सञ्चालक समिति अध्यक्ष र प्रभु बैंकको सञ्चालक समितिका पूर्वअध्यक्षद्धारा व्यक्त विचारः 

सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ
आजको यो सुखद अवसरमा मैले दुई–चार दिनदेखि सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखामा कार्यरत भाई बहिनीहरुले सुखद पोस्ट गर्नुभएको देखेको कुरा भन्न चाहान्छु । उहाँहरुले खुशी व्यक्त गर्नुभएको छ भने त्यस्तै खुशी मलाई पनि लागेको छ । १४८ शाखा संजालमार्फत ५६८ जनाले १२ वर्षअघि खोलेको यस बैंकमा अहिले करिब आठ लाख २५ हजार जना ग्राहकहरुले सेवा लिइरहनु भएको थियो ।

Advertisement

२०७९ साल साउन १५ गते हामीले साहसिक निर्णय गरेर मर्जरमा जाने निर्णय गरेका थियौं । कुनै पनि निर्णय लिने बेलामा मलाई साईबाबाले भन्नु भएको अंग्रेजी भनाईको याद आउँछ । सो भनाईमा एबीसीडीका तीन वटा ‘सी’हरु छन् । एउटा सी भन्नाले करेज, अर्को च्यालेन्ज र कन्टिन्यूटी भन्ने अर्थ लाग्छ । यसको मतलब हामीले निर्णय लिँदा सोच विचारका साथ लिने, लिइसकेपछि पछाडी नहटने हो । तेस्रो भनेको त्यसलाई नै निरन्तरता दिने हो । त्यसरी मात्रै कामले सफलता पाउने सत्य साइबाबाको सिद्धान्त छ । 

मतभिन्नताका बाबजुत पनि हामी मर्जरमा आएका छौं । अब सफलता पाउने पक्का छ । अब मर्जरपछि आउने समस्याहरुलाई सौहार्दपूर्ण रुपमा समाधान गर्दै जानेछौं । हामीले मेगा प्रोजेक्टका लागि पनि आफूलाई सुदृढीकरण गरेको अवस्था छ । नेपाल राष्ट्र बैंकको नीति अनुसार हामीले चालेको यो कदम कोशेढुंगा सावित हुनेछ भन्ने मलाई विश्वास छ । सेन्चुरी बैंक सबैभन्दा कान्छो बैंक हो । तर अब हामी छैठौं स्थानमा आएका छौं । आर्थिक छेत्रमा नयाँ सिजर्नी ल्याएर ग्राहकहरुलाई सेवा प्रवाहमा सहज बनाउँदै जाने कुरा व्यक्त गर्न चाहान्छु । यस मर्जरमा लाग्नु हुने मर्जर कमिटिका साथीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । 

प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन
प्रमुख अतिथिको रुपमा आउन पाउँदा म खुशी छु । प्रभु बैंकले अरु बैंकको मर्जरलाई पनि सहयोग गरेको अवस्था छ । विगतमा २०७१ सालमा प्रभु फाइनान्सले सेन्चुरी कर्मशियल बैंकलाई मर्जरको प्रस्ताव गरेको थियो । किस्ट फाइनान्सबाट सुरु भएको पाँच करोडको अधिकृत पुँजीको व्यवसाय प्रभु बैंकसम्म आईपुग्दा २३ अर्ब चुक्त पुँजी बनाइसकेको अवस्था छ । डिपोजिट दुई खर्ब ७१ अर्ब रुपियाँ छ । 

भाईचारा, मिलनसार सहयोग बढाउन मर्जर सहयोगी हुनेछ । पूर्वगर्भनर डा. चिरन्जीवी नेपालले भन्नुभएको थियो छिटो छिटो लभ गर्नुस् अनि मर्जर गर्नुस् । मर्जर भन्ने यस्तो प्रक्रिया हो, वैवाहिक जीवनमा फाटो आउन सक्छ । तर मर्जरमा छुट्टिने छुट हुँदैन । ३५ सय ३८ को हाराहारीमा अब प्रभु बैंकको कर्मचारी संख्या पुगेको छ । हाम्रोमा करिब ३८ प्रतिशत महिला कर्मचारीहरु कार्यरत हुनुहुन्छ । आज एकिकृत कारोबारको नारामा सम्बन्ध सुदृढकै नारा रहेको छ । अब बैंकलाई सबल र सुदृढ बनाउँन सबै कर्मचारीहरुलाई साथमा लिएर हिड्न जरुरी छ । 

बैंकले एकल घर कर्जा सात अर्बको हाराहारीमा दिने योजना बनाएको छ । बैंक व्यवसायले गर्दा नै आर्थिक समृद्धि हुन्छ । त्यस्तै, शेयरधनीको भविष्य पनि ग्राहकको हातमा नै रहेको छ । बैंक ठूलो हुने भनेकै ग्राहकहरुलाई ठूलो सहयोग गर्नका लागि हो । मलाई आशा छ दुई बैंकको मर्जरपछि २५ अर्ब भन्दा बढीको हारारीमा लगानी गर्ने बाटो खुलेको छ । हामीले सेन्चुरी बैंकलाई छान्नुको कारण पनि यही हो । हामीले ठूला र साना परियोजना दुवैका लागि एक मन भएर काम गर्नका लागि हो । 

सबैभन्दा पहिला कर्मचारीहरुको बोनस बढ्छ भने त्यसपछि मात्रै शेयरधनीहरुको बोनस बढ्ने हो । अब कर्मचारीहरुलाई सेन्चुरीबाट आएको वा प्रभु बैंकबाट आएको भन्ने नछुट्टिओस् । अब सबैजना समान हुनुहुन्छ । प्रभु बैंकले साना साना फाइनान्स कम्पनीलाई गाभिन सघाउने कार्य गरेको अवस्था छ । हामीले खारेजीको अवस्थामा पुगेका वित्तीय संस्था पनि खरिद गरेको उदाहरण छ । यो नेपालको इतिहासमा प्रभु बैंकले मात्रै गरेको छ । अब मर्जरपछि पनि बैंकको म उत्तरोउत्तर प्रगतीको कामना गर्न चाहान्छु । 

प्रभु बैंकका वर्तमान अध्यक्ष लिलाप्रकाश सिटौला 
हामी नयाँ आकारमा आएका छौं । हामीले सेन्चुरी एक्वाएर गरेका हौं । विगतदेखि नै मर्जरको समर्थनमा रहँदै मर्जर गर्ने परम्परा नै कायम गरेका छौं । अब बैंकको सम्पत्ति, कर्मचारीहरु बढ्नु भयो । हामीले तीन सय चालिस अर्बको एसिस्ट बनाएका छौं । सोही सम्पत्तिबाट कति वृद्धि गर्ने ? भन्ने हो । हामीलाई ठूलो चुनौती भनेको हामीसँग ठूलो मात्रामा जनशक्ति छ भने यसलाई व्यवस्थापन गर्नु नै चुनौती पनि थपिएको छ । हामीले छोटो समयमा मर्जर गर्न सफल भएका छौं । आगामी दिनमा बैंकलाई ठिक ढंगबाट अगाडी बढ्नु पर्ने अवस्था आएको छ । म सबै शेयरधनीहरुलाई कृतज्ञतापूर्वक अघि बढ्न शुभकामना दिन चाहान्छु । 

Advertisement

Advertisement