काठमाडौं । नजिकिँदो माघे संक्रान्तीलाई लक्षित गर्दै टोखाका १४ वटा चाकु उद्योगले झण्डै एक करोडको चाकुको व्यापार गरेका छन् । टोखा परम्मपरागत चाकु संरक्षण समाजमा सञ्चालित यी उद्योगहरुमा अहिले चाकु बनाउने र बिक्री गर्ने काम तीब्र छ ।
समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले अरु समयमा भन्दा माघे संक्रान्तिमा ग्राहकहरुको भीड बढी हुने र बजारमा माग पनि धेरै हुने बताए । पछिल्लो दुई महिनामा मात्रै १४ उद्योगबाट ८५ हजार किलो चाकु उत्पादन गरी बिक्री गरिएको छ । प्रतिप्याकेटको बजार मूल्य ११० रुपियाँ कायम गरिएको छ ।