सगरमाथा र लुम्बिनीको एकीकृत कारोबार फागुन पहिलो साता हुन्छः सीईओ चंकी क्षेत्री

Advertisement

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आगामी फागुन पहिलो साताबाट एकीकृत कारोबार सुरु हुने सगरमाथा इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले बताएका छन् । 

मर्जरको सबै तयारी पूरा भएको र एकीकृत कारोबारका लागि माघ महिना सक्किएपछि गर्ने योजना रहेको उनले बताए । क्षेत्रीले भने, ‘मर्जरको तयारी लगभग पूरा भइसक्यो । एकीकृत कारोबारका लागि केही तयारी बाँकी छ । माघ महिना सक्किएपछि फागुन पहिलो साता एकीकृत कारोबार गर्ने योजनामा छौं ।’

Advertisement

मर्जरले बीमा बजारमा अवस्थ प्रतिस्पर्धा रोक्ने विश्वास व्यक्त गर्दै उनले थपे, ‘व्यवसाय आफैले खोज्ने बनाउने कुरा हो । अन्तबाट आउला भनेर मात्र आशा गर्दा बजार बिग्रिएको अवस्था छ । आगामी दिनमा बीमा बजार सुधार हुँदै जान्छ । कम्पनीहरुले व्यवसाय गर्ने रणनीतिमा पनि केही परिवर्ततन आउने मेरो बुझाई छ ।’

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरमा जान बाध्य पर्नेगरी पुँजी वृद्धिको नीति लिएपछि हिमालनय एभेरेष्ट इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भइसकेको छ भने अरु केही कम्पनी मर्जरको प्रक्रियामा छन् । त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइभ इन्स्योरेन्सले पनि फागुन दोस्रो साता एकीकृत कारोबार सुरु गर्ने योजना बनाएका छन् । 

प्राधिकरणले नै मर्जरमा ताकेता गरिरहेकाले अघिकांश बीमा कम्पनीहरु मर्जरको तयारीमा जुटिरहेका छन् । मर्जरकै प्रक्रियामा रहेकामध्ये प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मर्जर प्रक्रिया अवरुद्ध भएर अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जर प्रक्रिया अघि बढाएको छ । 

बीमक संघका अध्यक्ष समेत गरेका सीईओ क्षेत्रीको थप भनाईः
अहिले बीमा बजारमा मर्जरको लहर चलिरहेको छ । हामी पनि त्यही मर्जरमा लागिरहेको अवस्था छ । निर्जीवन बीमा बजारको विकास देशको भौतिक पूर्वाधारको विकाससँग पनि जोडिएको हुन्छ । जति धेरै विकास निर्माणका काम हुन्छन्, त्यति नै बीमा पनि आवश्यक हुन्छ । 

बीमा कम्पनीहरुले अरुले लिएको व्यवसायको राम्रोसँग बीमा गरेको अवस्था छ । तर, अब त कम्पनीहरुले नयाँ नयाँ व्यवसायमा समेत हात हाल्ने बेला आएको छ । बीमा नबुझेका ठाउँहरु अझै पनि धेरै छन् । हामीले गाउँ गाउँमा बीमा सचेतना बढाउन लागिपरेका थियौ । उक्त स्थानमा लघुबीमाले नै व्यवसाय गर्दा सहज हुने भन्दै लघुबीमा ल्याउन खोजिएको छ । लघुबीमाले पनि साना बीमालाई समेटेर आगामी दिनमा बजार व्यस्थित गर्न सघाउछ भन्ने सबैको आशा छ । अब ठूला बीमा कम्पनीहरुले पनि आफ्नो व्यापारिक रणनीति चाहिं केही फेरबदल गर्नुपर्ने बेला आएको छ । 

बीमाको पहुँच त आगामी दिनमा बढ्न नै देखिएको छ । बीमाको वित्तीय विवरण हेर्दा पनि हामीले दावी भुक्तानी दिएको रेकर्ड त राम्रै छ । हरेक साल बीमा कम्पनीहरुले आफ्नो आर्थिक रेकर्ड सार्वजनिक गर्ने भएकाले बीमाले पैसा दिदैन भन्ने अवस्था पनि निकै हदसम्म कम भएको छ ।  

Advertisement

Advertisement