मिसावटयुक्त खाने कुरा र बढ्दो वायु प्रदुषणले महिला, पुरुषमा बाँझोपन बढ्योः डा. सिंह

Advertisement

पछिल्लो समय नेपालसहित विश्वभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, डिम्बा ननिस्कने, नलीमा खराबी हुने, जन्मजात नै पाठेघरमा खराबीले गर्दा सन्तान नहुने गरेको डाक्टरहरु बताउँछन् । हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ । तर अध्ययनले भने सन्तान नहुनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबर रहेको पुष्टि गरेको छ । बच्चा नहुने समस्यामा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष जिम्मेवार हुन्छन् । ३४ प्रतिशत अन्य कारणले असर गर्ने अध्ययनबाट प्रमाणित भएको छ । पछिल्लो समय जीवनशैली, मानसिक समस्या र धेरै युवा वैदेशिक रोजगारीमा गएकाले यो समस्या बढ्दै गएको अध्ययनले बताउँछ । निःसन्तानको समस्या लिएर अस्पतालमा उपचारमा आएकाहरुमा ८५ प्रतिशतको उपचारपछि बच्चा हुन्छ । बाँकी १५ प्रतिशतमा भने अन्य समस्या देखिने गरेको छ । उनीहरूलाई इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रजनन समस्या भएका मानिसलाई बच्चा जन्माउन मद्दत गर्ने प्रविधिमार्फत उपचार सम्भव भएको चिकित्सकहरुको भनाइ छ । यसै सन्दर्भमा नानले प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. श्वेता सिंहसँग गरेको कुराकानीः 

कस्ता खालका समस्याका कारण निःसन्तानको समस्या देखिन्छ ?
–कुनै पनि दम्पतीले एक वर्षसम्म सम्बन्धमा बस्दा कुनै किसिमको अस्थायी साधन प्रयोग नगर्दा पनि बच्चा हुन सकिरहेको छैन भने त्यस्तो दम्पतीहरुलाई निःसन्तानको समस्या भएको अथवा बाँझोपनको समस्या भएको भनेर बुझ्नसक्छौं । यो बाँझोपनको समस्या श्रीमती वा श्रीमानमा मात्रै समस्या देखिएर हुने होइन । समस्या श्रीमान वा श्रीमतीमा पनि हुनसक्छ । दुवैमा पनि हुनसक्छ । बाँझोपन आउनुमा श्रीमतीको डिम्बासयमा समस्या छ वा पाठेघर वा पाठेघरको दुवैतिरको डिम्बासयमा समस्या देखिएको छ भने निःसन्तानको समस्या हुने हो । केहीगरी डिम्बासयमा समस्या देखिएको छ । डिम्बासयमा सिस्ट,ट्युमर हुनसक्छ । पोलिटिक्स पोलियन डिजिज भनिन्छ । त्यो समस्या छ भने राम्रो अण्डा ननिस्किने,समयमा अण्डा नफुट्ने समस्या देखापर्ने हुनसक्छ । पाठेघरको दुवै वा एक तर्फको नली ब्लक वा खुला छ भने बच्चा गर्भधारण गर्न समस्या आइरहेको हुनसक्छ । पाठेघरको कुरा गर्दा पाठेघरमा मासु पलाएको छ । कित भित्र क्यापिटीमा केही पलिपहरु छ । पाठेघर सुनिएको छ भने पनि यस्तो समस्याहरु आउँछ । पाठेघरको मुखको कुरा गर्दा महिलाको योनी ब्लक छ भने शुक्रकिटहरु माथि जान पाउँदैन । पाठेघरको मुखको कुरा गर्दा लामो वा ट्युमरको कारणले ब्लक भएको छ भने पनि शुक्रकिटहरु माथि जान पाउँदैन र बाँझोपन हुनसक्छ । पाठेघरमा मासुहरु पलाएको छ वा भ्रुम बस्ने ठाउँमा इन्टरमेटिभ पलिपहरु छ भने पनि बच्चा बस्न अवरोध गराइरहेको हुन्छ । पाठेघरको नलीका पानी भरीएको वा ब्लक भएको छ भने बच्चा बस्न समस्या हुन्छ । किनकी अण्डाहरु नलीहरुमा आउनुपर्ने हुन्छ । सम्पर्क राखिसके पश्चात शुक्रकिटहरु माथि गएर नलिसम्म आउनुपर्ने हुन्छ । नलीमा शुक्रकिट र अण्डाको मिलन भएर भ्रम बन्ने हुन्छ । बनेको भ्रुम फेरि पाठेघरमा आएर वाल्सहरुमा टाँसेर बच्चा बस्ने हुन्छ । नलिमा नै ब्लक भयो भने अण्डा र शुक्रकिट मिलन हुन पाएन । त्यो हुँदा महिलामा बाँझोपन हुनसक्छ । यो बाहेक श्रीमतीमा थाइराइट,डाइभिटिज र अन्य समस्याहरु भयो भने बाँझोपन हुनसक्छ । श्रीमानको कुरा गर्दा सबैभन्दा पहिला शुक्रकिटको कुरा आउँछ । शुक्रकिटको संख्या राम्रो छैन । संख्या राम्रो भएपनि त्यसको चालहरु राम्रो छैन । बनावटहरु राम्रो छैन भने बाँझोपन हुनसक्छ । श्रीमानमा पनि थाइराइट,डाइभिटिज र अन्य समस्याहरु भयो भने बाँझोपन हुनसक्छ । कित श्रीमान श्रीमतीलाई नै यौन सम्पर्क राख्दा ग्राहो भएको छ । त्यो समस्याको कारण पनि बाँझोपन भइरहेको हुन्छ ।

Advertisement

पहिला निःसन्तान हुँदा भन्न डराउने गरेका थिए, तर पछिल्लो समय अस्पतालहरुले यो सेवा दिन थालेसँगै मानिसहरु अस्पतालमा आउने गरेका छन्, तपाईहरुकोमा धेरै कस्ताकस्ता प्रकृतिका समस्या लिएर आउँछन् ?
–अहिलेसम्म आफ्नो प्राक्टिक्समा देखेअनुसार कोही गर्भधारणका विषयमा जानकारी दिन आउनुहुन्छ । उनीहरुले बच्चा जन्माउने योजना बनाउनुभएको हुँदैन । तर बच्चा जन्माउनको लागि दुवै जना श्रीमान श्रीमती स्वस्थ छौं की छैनौं र अगाडि योजना बनाउन मिल्छ की मिल्दैन भनेर आइरहनुभएको हुन्छ । यो खुशीको कुरा हो । यो विषयमा जानकारी लिनुपर्ने समाजमा हुनुपर्ने हुन्छ । बच्चा योजनाबिना झुक्किएर बसेको हुन्छ । योजना बनाउँदा राम्रो बच्चा जन्मने हुनसक्छ । बाँझोपन भएर ३ वर्षसम्म योजना बनाएका वा एक वर्ष पनि नभएकाहरु पनि बच्चा के कारणले नभएको भनेर आउने गरेका छन् । कतिपय मानिसहरुलाई बाँझोपन हुन्छ भन्ने कुराहरु थाहा नभएको पाइन्छ । बाँझोपनको समस्या समाधानका उपायहरु छन् भन्ने कुराहरु पनि थाहा छैन उनीहरुलाई । ८ देखि १० वर्षसम्म बच्चा नभएर बच्चा बनाउन कोशिस गरिरहका पनि आउने गरेका छन् । अस्पतालमा सबै मिक्स प्रकृतिका समस्या भएका बिरामीहरु आउने गरेका छन् । कोही १० देखि २० वर्षसम्म बच्चा नजन्मेपछि किन नभएको रहेछ भनेर डाक्टरलाई देखाउन भनेर आउने गरेका छन् । उनीहरुलाई बाँझोपन सम्बन्धि जानकारी नभएर नै अहिलेसम्म बस्ने गरेको हुनसक्छ ।

अल्काले केही समय पहिलो बाँझोपन सम्बन्धि सिबिर क्याम्प राखेको थियो, विगतमा भन्दा कस्तो पाउनु भयो ?
– पाँच दिनको बाँझोपन सम्बन्धि क्याम्प थियो । त्यसमा निःशुल्क उपचारहरु गरेका थियौं । क्याम्पमा बाँझोपन भएका बिरामीहरुले टेष्ट ट्युब बेबी गर्नुपर्ने बुझाइरहेको पायौं । तर त्यस्तो होइन । बाँझोपनको समस्या हुने बित्तिकै श्रीमान श्रीमतीलाई इन्भेस्टिगेट गरेर हेर्छौं । पहिला श्रीमान वा श्रीमतीमा कस्तो समस्या छ भनेर छुटउनुपर्ने हुन्छ । उनीहरुलाई औषधिहरु मात्रै दिएर पुग्छ की यौन सम्पर्क राख्ने समय भनिदिए पुग्छ । धेरैको समय नमिल्दा बच्चा नभएको हुनसक्छ । उहाँहरुले आइवीएफतिर जानुपर्ने हो । दुवै जनालाई इन्भेस्टिकेट गरेपछि के गर्ने भनेर निर्णय लिन मिल्छ । १५ वर्षदेखि अस्पतालहरुमा भौंतारिरहेका बिरामी आउनुभएको थियो । डिम्बासयको नलीमा ब्लक भइरहेको केसहरु भेटिए । त्यस्तोको लागि अन्य उपाय गरेर हुँदैन त्यसको लागि टेष्ट्यु बेबीतिर जानुपर्ने हुन्छ । अहिले आइबिएफ र टेष्ट्यु बेबी चाहिने धेरै बिरामीहरु पाएको छृु ।

अहिले बाँझोपनको समस्या बढ्दै गएको भन्ने देखियो होइन ?
– पछिल्लो समय नेपालका महिला, पुरुषहरुमा बाँझोपन बढ्दै गएको भन्ने देखिएको छ । पछिल्लो समय आइबीएफको समस्या बढ्दो रुपमा छ । विगतको जस्तो अहिले शुद्ध खानाहरु पनि पाउँदैन । लाइफ स्टाइल (जीवन शैली) परिवर्तन रहेको छ । वायु प्रदुषण बढ्दो छ । यी सबै वाह्य कारणहरु भए । यसले गर्दा अहिले कतिपय मानिसहरुलाई मेडिकल समस्या आउने हुन्छ । थाइराइड,डाइभिटिज र अन्य प्रेसरको कारण समस्या बनाएको हुन्छ ।

बाँझोपन समस्या समाधान कसरी गर्ने त ?
– बाँझोपन समस्या समाधानको विषयमा कुरा गर्दा दुवै जना दम्पतीहरुको रगतको जाँचदेखि महिलाको भिडियोएक्स रे देखि श्रीमानको शुक्रकिटको जाँच गर्नुपर्ने हुन्छ । सबै परीक्षण गरेर के कारण बाँझोपन भयो भनेर थाहा पाएपछि सबै भन्दा पहिला मेडिकल परीक्षणमा कहिले काहीँ यौन सम्पर्क गर्दा समय मात्रै नमिल्दा बाँझोपन भइरहेको हुन्छ । सम्पर्क राख्ने समय एउटा, अण्डा फुटेर निस्किसकेर आफैँ मरेर गइसकेको हुन्छ । अर्को मेडिकल परीक्षण पछि दम्पतीको लागि अण्डा र शुक्रकिट राम्रो हुने औषधि राख्छौं । त्यो औषधि ३ देखि ६ महिना खाँदा राम्रो भएको हुन्छ । कतिपयलाई मेडिकल औषधिले काम नगरिरहेको अवस्था हुन्छ । त्यस्तो बिरामीलाई आइवाईतिर लैजान्छौं । युटायुटयाम इम्सेमिनेसनमा हामीले महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बासयमा अण्डा बनाउने औषधि खान दिन्छौं । त्यसपछि अल्ट्रासाउण्ड गर्दै डिम्बासयमा अण्डाको साइज कत्रो भयो भनेर हेर्छौं ।

बाँझोपन भएर अस्पताल जान नसक्नेहरुको लागि के भन्नुहुन्छ ?
– दुर्गम क्षेत्रका पनि अस्पतालमा आउने गर्नुभएको छ । बाँझोपन भनेको लुकाएर राख्ने कुरा होइन । लुकाएर कसैको परामर्श नलिइ श्रीमान श्रीमतीसँग मात्रै सिमित राख्नुभयो भने मेडिकल उपचारबाट बच्चा पाउनसक्ने अवसर गुमाउनु हुन्छ । त्यस्तो छ भने आफ्नो वरपर भएको राम्रो बाँझोपन सम्बन्धि डाक्टरहरुसँग परामर्श लिएर आफ्नो कुरा खुलस्त रुपमा बोल्नुस् । आफ्नो समस्या डाक्टरलाई शेयर नगरेसम्म उपचारको योजना पनि पाउनुहुन्न । डाक्टरहरुले सल्लाह दिएर राम्रो बच्चा पाउने क्षमता हुन्छ । त्यो क्षमता डाक्टरहरुसँग सल्लाह नलिँदा वञ्चित हुनुहुन्छ जस्तो लाग्छ । बाँझोपन सम्बन्धि डाक्टरसँग परापर्श गर्नु उपयुक्त हुन्छ । डाक्टरहरुले जसलाई बच्चा चाहिन्छ उहाँहरुलाई मात्रै बाँझोपन समस्याको उपचार गर्ने हो ।

Advertisement

Advertisement