नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको प्रहरीको पुष्टि

Advertisement

काठमाडौं । नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको नेपाल प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त कुराको पुष्टि गर्दै नेपाल क्रिकेट संघ (क्यान)को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्कै संलग्नतामा ‘स्पट फिक्सिङ’ भएको बताएको हो । 

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७  पुससम्म भएको लिगको सुरुवाती चरणका खेलमा ‘स्पट फिक्सिङ’ भएको भन्दै सीआईबीले केही खेलमा भारतीय र नेपाली खेलाडीसँग लेखदेन गरेको बताएको हो । 

Advertisement

सीआईबीका प्रमुख उत्तमराज सुवेदीका अनुसार नेपाल टी– २० क्रिकेटका केही खेलमा नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको छ । बेटिङ (सट्टेबाजी) असूली गर्ने उद्देश्यले ‘म्याच फिक्सिङ’ गराउने प्रयास भएको हो । 

म्याच फिक्सिङका लागि आफ्ना प्रस्ताव आएको केही खेलाडी र खेलमा सहभागीहरुले सार्वजनिक समेत गरेका थिए । त्यसपछि गृहमन्त्री रवि लामिछानेले यस घटनाको छानविन गर्न निर्देशन दिएपछि सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । 

Advertisement

Advertisement