नेपालमा कफी उत्पादनमा ५० प्रतिशत गिरावट, वंशाणुगत गुणहरु पनि कम हुँदै

Advertisement

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय कफी उत्पादनमा ५० प्रतिशत गिरावट आएको बताएका छन् । 

सोमवार आयोजित नेपालको कफी उत्पादन सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन् । चौधरीले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढे पनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताए । 

Advertisement

उनले नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि अन्य देशको तुलनामा अत्यन्तै कम भएको बताउँदै नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । चौधरीले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए । 

उनले नेपालमा कफी खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जाने रहेको बताए । उनले नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको बताए । 

Advertisement

Advertisement