एनआईसी एशियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा  १२ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । 

सो सम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्राडा अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । 

Advertisement

उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने छन् । 

यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्रीडी सीआरटी, आईएमआरटी, भीएमएटी, पालिएक्टिभ केयर लर टीबीआई उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । 

साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 
 

Advertisement

Advertisement