वसन्त ऋतुका लागि उत्साहजनक बुकिङ, आरोहण र पदयात्रामा गुणात्मक वृद्धि हुने अनुमान

Advertisement

काठमाडौं । विन्टर सिर्जन (हिउँद मौसम) सक्किएसँगै आउँदो वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्रा (ट्रेकिङ) गर्न बुकिङ गर्ने क्रम बढेको सम्वन्धित क्षेत्रका पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन् । गत वर्षको तुलनामा यस वर्ष आरोहण र पदयात्राको लागि राम्रो बुकिङ आउने संकेत देखिएको एक्स्पेडिशन (आरोहण) कम्पनीहरुको भनाइ छ । 

इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले नजिकिँदो वसन्त ऋतुको लागि सुरु भएको बुकिङ उत्साहजनक रहेको बताइन् । वसन्त मौसम चैत, बैशाख र जेठमा पर्छ । गत वर्षको तुलनामा यस वसन्त मौसममा धेरै विदेशी पर्यटकहरु आरोहण र पदयात्राका लागि आउने पूर्वसंकेत देखिएको उनले बताइन् । 

Advertisement

शेर्पाले भनिन्,  ‘बुकिङ हेर्दा सगरमाथा आरोहणको लागि धेरै मात्रामा विदेशी आरोहीले इच्छा देखाएका छन् । कोरोना महामारीपछि चिनियाँ पर्यटकहरु खासै आउन रुचाएका थिएन् । तर यस पटकको वसन्तमा चिनियाँहरुको पनि राम्रो बुकिङ भइरहेको छ । यूरोपिनहरुको पनि राम्रै छ ।’ इमाजिन नेपालको बुकिङ सुरु भएर बन्द पनि भइसकेको शेर्पाले बताइन् । 

एक्ट्रिम क्लामबर्स टे«क्स एण्ड एक्स्पेडिशन कम्पनीका प्रबन्ध निर्देशक पेम्बा शेर्पाले पनि वसन्त सिजनमा टे«किङका लागि विदेशी आरोहीहरुको बुकिङ यस बर्ष राम्रो रहेको स्वीकार गरे । विदेशी आरोहीहरु नेपाल भित्रिने क्रम बढ्दो रहेको बताउँदै उनले चीनले पनि फागुनबाट सीमाना खोल्ने कुरा गरेको र यदि खोले अझै धेरै पर्यटक बढ्ने बताए । 

‘एट–के’ एक्सपेडिसनका संस्थापक पेम्बा शेर्पाले गत बर्षको तुलनामा यस बर्ष पाँच गुणा धेरै बुकिङ भएको बताए । सगरमाथासहित विभिन्न हिमाल गरेर करिब ६० जना आरोहीले बुकिङ गरिसकेको जानकारी दिँदै उनले ट्रेकिङ गर्नका लागि करिब चार सयभन्दा बढीले बुकिङ गरेको बताए । 

शेर्पाले भने, ‘पर्यटन क्षेत्रलाई अझ् राम्रो बनाउन् टिमवर्कको पाँचो छ । सबैले मिलेर हाम्रो देशको पर्यटन क्षेत्रलाई अघि बढाउन सक्छौं । पर्यटकहरु धेरै मात्रामा भित्राउन सबै पर्यटन व्यवसायी मिलेर लाग्नुपर्ने देखिन्छ । पाहुना आइसकेपछि उनीहरुको स्वागत सत्कार राम्रोसँग गर्नुपर्यो । उनीहरुलाई कस्तो सुविधा दिन्छु भनेको छ ? त्यो दिनुपर्पो, ताकी नकारात्मक सन्देश बाहिर जानुभएन् ।’ 

सेभेन समिट ट्रे«कका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले पनि वसन्तको आरोहण र पदयात्राका लागि विदेशी पर्यटकहरुको बुकिङ यस पटक बढेको बताए । पायोनियर एडभेन्चर ट्रेक्सका कार्यकारी निर्देशक निवेश कार्कीले आउँदो वसन्त ऋतुका लागि यस पटक सगरमाथा, मकालु, अन्नपूर्ण, धौलागिरी, कञ्चनजङघा लगायतका हिमाल आरोहण गर्न धेरै विदेशी इच्छुक देखिएको बताए । 

उनले भने, ‘हिमाल आरोहण र टे«किङको लागि गत वर्षको स्प्रिङमा भन्दा यस वर्ष धेरै बुकिङ छ । टे्रकिङको लागि करिब तीन सयभन्दा धेरैको बुकिङ भइसकेको छ । गत वर्ष करिब एक सयले मात्रै बुकिङ गरेका थिए । 

त्यस्तै, एलिट एक्सिपिडसन कम्पनी सह–संस्थापक मिङ्मा डेभिड शेर्पाले पनि गत वर्षको तुलनामा यस वर्षको वसन्तमा धेरैले हिमाल आरोहण गर्ने देखिएको बताए । 

पर्यटन विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले यस बर्ष पदयात्रा र हिमाल आरोहणमा जानेहरुका लागि केही कुरा सुधार गर्नुपर्ने देखिएको बताउँदै त्यसका लागि आफूहरु लागिरहेको बताए । 

उनले हिउँ पहिरो गइरहेको विषयमा के गर्ने ? मानिसहरु बेपता हुने समस्या देखिएकाले त्यस्तो भए कसरी उनीहरुको खोजी गर्ने ? भन्ने कुराको निराकरण गरेर पदयात्रा र आरोहण अगाडि बढाउनुपर्ने देखिएको बताए । खतिवडाले भने, ‘त्यो कुराहरु एजेन्सीहरुसँग छलफल गरेर सुधार गरौं भनेर हामीहरु लागेका छौं ताकी उहाँहरुलाई पनि राम्रो होस् । आरोहण पनि राम्रो होस् । विश्वमा राम्रो सन्देश पनि जाऔस् ।’ 

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष प्रदीप पण्डितले अहिलेसम्मको तथ्याङ्क हेर्दा नेपालमा पदयात्रा गर्न आउने पर्यटकहरुको संख्या उत्साजनक रहेको बताए । 

Advertisement

Advertisement