सिटिजन लाइफको साधारणसभाबाट प्रिमियम मूल्यमा आईपीओ निष्काशनको प्रस्ताव पारित

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइतबार सम्पन्न पाँचौं बार्षिक साधारणसभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ । 

सभाले दाबा फूटी शेर्पा र अभिनव राणालाई सञ्चालक नियुक्त गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन पनि गरेको छ भने स्वतन्त्र सञ्चालकमा श्रीमान कार्कीको नियुक्तिलाई सदर गरेको छ ।

Advertisement

सिटिजन लाइफले आफ्नो चुक्ता पुँजी वृद्धिको लागि हाल कायम संस्थापक शेयरधनीहरुसँग ५० प्रतिशत थप पूँजी आह्वान गरी दुई अर्ब ६२ करोड ५० लाख रुपियाँ पुर्याउने निर्णय गरेको छ । 
 
यता सर्वसाधारणका लागि जारी हुने प्रिमियम मूल्यको आईपीओ एक अर्ब १२ करोड ५० लाख रुपियाँ बराबरको हुने कम्पनीको भनाई छ । सिटिजन लाइफको ब्राण्ड एम्बासडरमा कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य छन् । 

Advertisement

Advertisement