सन् २०२२ मा त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुको चाप दोब्बरभन्दा बढीले वृद्धि

Advertisement

काठमाडौं । सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म त्रिभुवनमा विमानस्थलबाट १२ हजार १५४ अन्तर्राष्ट्रिय उडान डिपर्चर (प्रस्थान) भएका छन् भने १२ हजार १५८ वटा उडान अराइभल (आगमन) भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले त्रिुभवन विमानस्थलमा एक बर्षमा २४ हजार ३१२ आगमन र प्रस्थान भएको बताउँदै यस क्रममा १९ लाख ३१ हजार ५१७ जना यात्रु बाहिरिए छन् भने १५ लाख ५६ हजार ८११ जना यात्रु भित्रिएको बताए । । आउने र जाने दुवै यात्रुको कुल संख्या ३४ लाख ८८ हजार ३२८ रहेको छ । 

Advertisement

सन् २०२१ को तथ्यांक हेर्दा २०२२ को यात्रुको चाप दोब्बरभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा कोभिड महामारीको प्रभावका कारण पनि हवाई यात्रु कम भएका हुन् । सन् २०२१ मा सात लाख आठ हजार ६०२ अन्तर्राष्ट्रिय यात्रुको आगमन भएकोमा सात लाख ८८ हजार ३२७ यात्रु प्रस्थान गरेका छन् । 

सन् २०२२ मै १३ हजार ४७२ दशमलव ०१२ टन कार्गो बाहरिएको छ भने १३ हजार २०४ दशमलव ७६५ टन कार्गो भित्रिएको छ । 

Advertisement

Advertisement