शहीद दिवसमा बालेनः ‘अब देशका लागि बलिदान होइन्, योगदान’

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहले अब देशका लागि बलिदान नभई योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् । 

सोमवार शहीद दिवसमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभामा उनले अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए । बालेनले शहीदहरुले आफ्ना सन्ततीहरुको उज्वल भविष्यको लागि प्राण आहुती गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभई देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए । 

Advertisement

उनले शहीदहरुले भावी सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले शहीदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताए । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने बालेनको भनाई छ । 

उनले भने, ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौँ । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु । शहीदहरुले आफ्ना सन्ततीहरुको उज्वल भविष्यको लागि प्राण आहुती नै गर्नुभयो । हामी सन्ततीहरुका लागि उहाँहरुको सुनौलो सपना थियो । आज शहीदहरुले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ ।’ 

Advertisement

Advertisement