शेयर बजारमा पहिरो जाँदा अत्तालिए लगानीकर्ता, तीन दिनमा ५६.१ अंक तल झर्यो नेप्से

Advertisement

काठमाडौं । शेयर बजारमा पहिरो जाँदा लगानीकर्ताहरुको अत्तालिएका छन् । बजार आज लगातार तेस्रो दिन पनि घटेको हो । तीन दिनमा बजार ५६.१ अंकले तल झरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार उच्च अंकले घटेको छ । ४१.०१ अंकले बजार तल झरेको हो । १.८९ प्रतिशतले बजार तल झर्दा नेप्से परिसूचक २१२७.५२ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २५६ कम्पनीका ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २५.९३  रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल र आदर्श लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । त्यसैगरी यूनाईटेड इदी मर्दि हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ७.१४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सूर्यज्योति लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ६५ लाख ४० हजार ८६.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार १४.६८ अंकले घट्दा ३ अर्ब १ करोड ७९ लाख ६३ हजार ९ सय ५६.४७ रुपियाँ र गत साताको अन्तिम दिन बिहीबार बजार ०.४१ अंकले तल झर्दा २ अर्ब ८६ करोड ८२ लाख ८ सय ३९.०३ रुपियाँ बराबरको कारोबार भएको थियो ।  

Advertisement

Advertisement