उद्यमी आचार्यको आत्मदाहले उधारो अशुली कानुन कति आवश्यक छ ? भन्ने कुरा प्रष्ट भयोः संघ

Advertisement

काठमाडौं । नेपाल समुन्द्रपार व्यापार संघले व्यवसायी प्रेम आचार्यको आत्मदाहले आफूहरुले उठाउँदै आएको उधारो अशुली कानुन कति आवश्यक छ ? भन्ने कुरा अझ प्रष्ट भएको बताएको छ । 

संघले विज्ञप्ति निकालेर पछिल्लो समय उधारोमा बिक्री गरेको सामानको पैसा नउठ्ने, उधारो असुली कानुनको अभावमा बक्यौता नतिर्नेविरुद्ध कानुनी उपचार खोज्न पनि नसकिने अवस्था बढेको भन्दै यस्तो कानुन चाँडै जारी गर्नुपर्ने कुरामा जोड दिएको छ । 

Advertisement

बैंकहरुको साँवा ब्याज भुक्तानी गर्न नसकेर इमानदारिता र प्रतिष्ठा जोगाउन नसकेको जस्ता कारण देखाउँदै व्यापारी व्यवसायीले आत्महत्या गरेका समाचारहरु बाक्लै आउन थालेको भन्दै संघले प्रेस विज्ञप्तिमा संसद भवन अगाडि आचार्यले आत्मदाह गर्नुको कारण उधारोमा बिक्री गरेका सामानको रकम असुली नहुनु प्रमुख कारणको रुपमा देखिएको बताएको छ । 

आचार्यको आत्मदाहलगायत अन्य व्यवसायीले गरेका आत्महत्याका घटनाले कोरोना महामारी र रुस–युक्रेन युद्धले विश्वव्यापी रुपमै ल्याएको प्रतिकूल अवस्थाबाट मुलुकका उद्यमी व्यवसायी अभूतपूर्व तनावमा रहेको पनि प्रस्ट पारेको उसको भनाई छ । संघले आर्थिक कारोबारमा आएको कमीबाट उद्यमी व्यवसायी मात्र नभएर सरकार स्वयं पनि लक्षित राजस्व संकलनमा चुकेको अवस्था छ भन्दै यी सम्पूर्ण कुरालाई बेलैमा सम्बोधन गर्न नसके स्थिति अझ भयावह हुने चेतावनी दिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘अतः उपयुक्त नीतिगत र कार्यगत हस्तक्षेपमार्फत आर्थिक क्षेत्रमा देखिएका प्रतिकूलता न्यूनीकरण तथा उद्यमी व्यवसायीको चासो सम्बोधन गर्ने खालका कानुनी व्यवस्था यथाशीघ्र मिलाउन यो संघ सरोकारवाला सबै निकाय र जिम्मेवार अधिकारीहरुमा हार्दिक आग्रह गर्दछ ।’

अहिलेको प्रतिकूलताको अन्त्यका लागि आर्थिक मुद्दामा मुलुकका राजनीतिक दलहरु, उद्यमी व्यवसायी, राष्ट्र«सेवक कर्मचारीलगायत सबै सरोकारवाला पक्ष एकमत भई अघि बढ्नुपर्ने आवश्यकता देखिएको भन्दै संघले राजनीतिक विचार र दर्शनलाई आफ्नो ठाउँमा राखेर आर्थिक मुद्दामा राष्ट्रि« सहमति कायम गर्न आग्रह गरेको छ । यतिबेला कर्मचारीतन्त्रले पनि उद्यमी व्यवसायीको मनोबल बढ्ने खालको व्यवहार प्रदर्शन गर्नुपर्ने र निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्ने उसले बताएको छ । 

Advertisement

Advertisement